मणिपुरमा रोकिएन जातीय हिंसा : अब ड्रोनबाट खसाल्न थालियो घरमा बम « Khabarhub

मणिपुरमा रोकिएन जातीय हिंसा : अब ड्रोनबाट खसाल्न थालियो घरमा बम


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

इम्फाल- यही सेप्टेम्बर १ तारिख दिउँसो २ बजेको समय थियो । सुरुमा गाउँनजिकैबाट गोली चल्यो । यो त्यो दिनको हिंसाको सुरुवात थियो ।

त्यसलगत्तै अर्को दिशाबाट लगातार गोली बर्सिन थाल्यो । त्यहाँस्थित कुकी उग्रवादीले गाउँका मानिसहरू घरबाट भागेर बंकरमा लुक्न जाउन् भन्ने चाहन्थे । मानिसहरू बंकरमा लुक्न गएपछि यी विद्रोही समूहले त्यहाँ पनि ड्रोनबाट बम खसाले ।

मणिपुरस्थित कोत्रुक गाउँका सेक्रेटरी एन रोमेनले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार उग्रवादीहरूले जातीय युद्ध चर्काउने क्रममा अब ड्रोनलाई हतियार बनाउन थालेका हुन् ।

इम्फाल पश्चिममा रहेको यस गाउँमा आइतबार एकदमै चर्को गोलाबारीपछि ड्रोनबाट बम खसालियो । यो आक्रमणका क्रममा एकजना महिलासहित दुईजनाले ज्यान गुमाए । त्यसक्रममा २ बालबालिकासहित १० जना घाइते भए । यो हमला कुकी उग्रवादिले गरेको आरोप छ।

मणिपुरमा कुकी र मैतेईबीच हिंसा सुरु भएको १५ महिना बितिसकेको छ । यो हिंसाका क्रममा पहिलो पटक अब गाउँमा ड्रोनबाट बम खसाएर आक्रमण गर्न थालिएको हो ।

यो आक्रमणको अघिल्लो दिन भारतीय सञ्चारमाध्यमको टोली इम्फालबाट २२ किमि परको यस कोत्रुक गाउँमा पुगेको थियो । त्यसक्रममा गाउँ सेक्रेटरी रोमेन न जलिसकेको आफ्नो घरबाहिर उभिएका थिए । उनको घरमासमेत ड्रोनबाट बम खसालिएको थियो ।

एन. रोमेनले त्यसक्रममा आक्रमणको पूरा कथा सुनाए । ‘हिंसा शुरू भएदेखि नै हाम्रो गाउँ निशानामा थियो । उग्रवादीले यहाँ ३० भन्दा धेरै पटक हमलाको कोसिस गरे । तर उनीहरू हरेक पटक असफल भए । यस पटक उनीहरूले ठूलो योजना बनाए । ड्रोनबाट बम खसाले । हामी बन्दुक र मोर्टारको आक्रमणबाट जोगिन र जवाफ दिन तयार हुँदा उनीहरूले ड्रोनबाट बम खसाल्छन् भन्ने सोचेकै थिएनौँ’, उनले भने ।

यो आक्रमणमा आखिर उग्रवादीहरूले किन कोत्रुक गाउँ नै छाने त ? रोमेन जवाफमा भन्छन्, ‘अन्य मैतेई गाउँको तुलनामा कोत्रुको भौगोलिक अवस्थिति फरक छ । यो गाउँ पहाडले घेरिएको छ । यसको फाइदा उग्रवादीले उठाए। पहाडबाट गाउँको हरेक कुना देखिन्छ । मानिस पनि कहाँ कहाँ जम्मा भएका छन् सबै थाहा हुन्छ । सुरक्षाकर्मीको स्थानदेखि अन्य सबै गतिविधि निगरानीपछि हमला गरे ।’

उग्रवादीले गोली चलाउन थालेलगत्तै आफूहरूजे वफा दिएको उनले बताए । जवाफी फायरिङपछि गोलाबारी रोकिएको उनले बताए ।

‘फायरिङ शुरू हुनेबित्तिकै हामीले जवाफ दियौँ । त्यसपछि केहीबेर गोली हानाहानको क्रम रोकियो । दिउँसो ३:३० बजे कुकीहरू हरेकतर्फबाट गोली चलाउन थाले । गोली चल्दा गाउँकी एक महिलाको घरभित्र मृत्यु भयो । उनकी छोरी घाइते छिन् । उनको बिहे गाउँमै भएको थियो । उनी छोरीसँगै माइतीमा आएकी थिइन् । उनको शिरमा गोली लाग्यो भने छोरीको हातमा लागेको छ ।’

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ७ : ३६ बजे

कोइराला निवास पुगेर प्रचण्ड-माधवले भेटे शेखरलाई 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका  संयोजक तथा  तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता

महिला सहमहामन्त्रीमा पाँच जनाको उम्मेदवारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सहमहामन्त्री

महामन्त्रीमा प्रमोद न्यौपानेको उम्मेदवारी, दीपक बोहरा पदाधिकारी दौडबाट बाहिर

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रियामा

महामन्त्री पदमा १० जनाको उम्मेदवारी, रञ्जु दर्शना मात्रै महिला प्रत्याशी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पदका लागि

महिला उपसभापतिमा तोशीमा र सोबिताबीच प्रतिस्पर्धा, लिमा अधिकारी पछि हटिन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा