रवि लामिछानेको बयान सकिएन, तीनै जना पुनः प्रहरी हिरासतमा | Khabarhub Khabarhub

रवि लामिछानेको बयान सकिएन, तीनै जना पुनः प्रहरी हिरासतमा


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणका प्रतिवादीहरु रवि लामिछानेसहित ३ जना पुनः प्रहरी हिरासतमै फर्काइएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले रविसहित अस्मिता भनिने रुकु कार्की र युवराज कँडेलविरुद्ध आइतबार जिल्ला अदालत चितवनमा अभियोग पत्र दायर गरेपनि बयान  नसकिएका कारण तीनै जनालाई पुनः प्रहरी हिरासतमै फर्काइको हो ।

रविसहित कार्की र कँडेल अब अदालतले आदेश जारी नगरेसम्म  प्रहरीको ‘न्यायिक हिरासत’मा रहनेछन् ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेपछि आइतबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशमा प्रतिवादीहरुको बयान शुरु भएको थियो ।

आइतबार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ । बाँकी २ प्रतिवादीहरु युवराज कँडेल र रवि लामिछानेको भने बयान बाँकी रहेको जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

अब युवराज कँडेल र रवि लामिछानेको बयान सकिएपछि अदालतमा थुनछेक बहस शुरु हुने छ ।

थुनछेक बहस सकिएपछि मात्रै अदालतले प्रतिवादीहरुलाई मुद्दाको पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने या साधारण तारेखमा छाड्ने भन्ने आदेश जारी गर्ने छ ।

अदालतले आदेश जारी नगर्दासम्म तीनै जना प्रहरीको हिरासतमै रहनेछन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ५ : ३२ बजे

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो

चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

काठमाडौं– अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आइतबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान