नयाँ बानेश्वरमा किसुनजीको प्रतिमा « Khabarhub

नयाँ बानेश्वरमा किसुनजीको प्रतिमा


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बानेश्वर चोकस्थित प्रतिनिधिसभा भवन प्रवेशद्वार पश्चिमतर्फको छक्कुबक्कु पार्कमा सन्त नेता एवम् पूर्व प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईको अर्धकदको प्रतिमा स्थापना गरिने भएको छ ।

नेपाली कांग्रेसका सभापति तथा नेपाल पत्रकार संघका संस्थापक सभापति समेत रहिसकेका सन्त नेता स्व.भट्टराईकोे अर्धकदको ढलौट प्रतिमा निर्माण र स्थापनाको लागि लाग्ने करीव ९ लाख रुपैयाँ काठमाडौं महानगरपालिका १० नं वडा कार्यालय, काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले जुटाउने बताइएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगरपालिका १० नं. वडा अध्यक्ष रामकुमार केसीले प्रतिमास्थलको शिलान्याश गरेका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ९ : ०८ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन