एमाले पोलिटब्युरो बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने « Khabarhub

एमाले पोलिटब्युरो बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने जानकारी दिए । उनले धारणा राख्न प्रत्येक सदस्यहरूलाई तीन मिनेट समय दिइने बताए ।

बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र राजनीतिक परिस्थितिका बारेमा सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै एमालेले पनि चुनावमा कसैसँग गठबन्धन नगर्ने बताएका थिए ।

यस्तै, महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा सदस्यतादेखि सङ्गठन विस्तारको खाका प्रस्तुत गरिएको छ।

एमालेले सङ्गठित सदस्यको सङ्ख्या १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत सङ्गठित सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ७ : ५५ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक