एमाले पोलिटब्युरो बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने « Khabarhub

एमाले पोलिटब्युरो बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले आजको बैठकमा पोलिटब्युरो सदस्यहरूले आ–आफ्नो धारणा राख्ने जानकारी दिए । उनले धारणा राख्न प्रत्येक सदस्यहरूलाई तीन मिनेट समय दिइने बताए ।

बैठकको पहिलो दिन हिजो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र राजनीतिक परिस्थितिका बारेमा सम्बोधन गरेका थिए । उनले आगामी निर्वाचनमा गठबन्धन नगर्ने कांग्रेसको निर्णयलाई स्वागत गर्दै एमालेले पनि चुनावमा कसैसँग गठबन्धन नगर्ने बताएका थिए ।

यस्तै, महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजनामा सदस्यतादेखि सङ्गठन विस्तारको खाका प्रस्तुत गरिएको छ।

एमालेले सङ्गठित सदस्यको सङ्ख्या १० लाख पुर्‍याउने लक्ष्य राखेको छ । वडामा कुल मतदाताको तीन प्रतिशत र पालिका र जिल्लामा १० प्रतिशत सङ्गठित सदस्य बनाउने कार्ययोजनामा उल्लेख छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ७ : ५५ बजे

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !

काठमाडौँ- डा. भोला रिजाल पेसाले चन्द चिकीत्सक हुन् । बेलायतमा

कसरी चल्दैछ बालेन सरकार ? थिति बसाल्दैछ कि बेथितिको सुरुवात ?

काठमाडौँ – फागुन २१ गते भएको निर्वाचनमार्फत् झण्डै दुई तिहाई

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज