प्रस्तावित राजदूत चौहानको कार्ययोजना : नेपाली उत्पादन निर्यातदेखि रुसी सेनाबाट युवा फिर्तासम्म « Khabarhub

प्रस्तावित राजदूत चौहानको कार्ययोजना : नेपाली उत्पादन निर्यातदेखि रुसी सेनाबाट युवा फिर्तासम्म


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले संसदीय सांसदहरूलाई आफ्नो कार्ययोजना सुनाएका छन् ।

बुधबार प्रस्तावित राजदूत चौहानले प्रथम उच्चस्तरीय राजकीय भ्रमण,द्विपक्षीय व्यापार प्रवर्द्धन, आर्थिक सहयोग, पर्यटन प्रवर्द्धन र सम्बन्ध सवलीकरण लगायतको कार्ययोजनासुनाएका हुन् ।

चौहानले रूसलाई निर्यातको सम्भावित ठूलो बजारको रुपमा उल्लेख गरेका छन् । नेपाली उत्पादन चिया, कफी, तयारी पोशाक, पश्मिना, ऊनी पोशाक, औषधि, जडीबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकला आदिका उत्पादन निर्यात गर्न सकिने उनले सुनाए ।

‘रूस निर्यातको एक सम्भावित ठूलो बजार हो । नेपाली उत्पादन चिया, कफी, तयारी पोशाक, पश्मिना, ऊनी पोशाक, औषधि, जडीबुटी, नेपाली कागज, चाँदी र अन्य हस्तकलाका उत्पादनको राम्रो बजार हुनसक्छ’, उनले भने, ‘अझ चिया र कफीको राम्रो भरपर्दो दीर्घकालीन बजार बनाउन सकिन्छ ।’

रूसी सेनामा भर्ती भएका नेपाली युवाहरूको समस्या समाधान गर्न संयोजनकारी भूमिका खेल्ने प्रतिबद्धता उनले जनाए ।

‘एउटा जटिल समस्याका रुपमा हेरिएको यो विषय सेनासँग सम्बन्धित भएकाले सबै कुरा बाहिर आएको छैन । विचौलियाको प्रलोभनमा परेर हाम्रा युवा युद्धको भूमरीमा परेका छन्’, उनले भने, ‘उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालयले आवश्यक संवाद अघि बढाइरहेको सन्दर्भमा हरसम्भव प्रयास हुनेछ । रूस र रूसी भाषाको ज्ञानका कारण संयोजनकारी भूमिका निर्वाह गर्नेछु ।’

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : १७ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त