श्रीमानसँगको झगडामा जसले कलिला दुई छोरीलाई विष खुवाएर ज्यान लिइन् « Khabarhub

श्रीमानसँगको झगडामा जसले कलिला दुई छोरीलाई विष खुवाएर ज्यान लिइन्


१९ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङमा नाबालक दुईजना छोरीलाई विष खुवाएर ज्याल लिएपछि फरार भएकी आमा पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मालती टोलकी २१ वर्षीया अस्मिता पौडेल छिन्।

उनलाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोड नगरपालिका-५ पूर्वपश्चिम राजमार्गनजिक एभरेष्ट बैंकअगाडिबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

पौडेल भदौ १५ गते अपराह्न साढे ४ बजेपछि फरार भएकी थिइन्। त्यही दिन सुन्दरहरैंचा-७ को केरा बगानमा उनका दुई छोरी मृत फेला परेका थिए।

एक वर्षीया आइङ्का र तीन वर्षकी छोरी अर्पनालाई विष खुवाएर ज्यान लिएको खुलेको छ । दुवै छोरीलाई मृत अवस्थामा प्रहरीले फेला पारेको थियो।

कार्कीका अनुसार पौडेलले भदौ १४ गते राति नै दुई छोरीलाई विष खुवाए ज्यान लिएको खुलेको छ। निर्माणाधीन घरमा पानी लगाउने विषयमा श्रीमानसँग विवाद भएपछि उनी छोरी लिएर घरबाट हिँडेकी थिइन् ।

पौडेल दम्पतीबीच पटक-पटक घरायसी कुरामा विवाद हुने गरेको प्रहरीले जनाएको छ। पौडेललाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको छ।

श्रीमानले नाबालिका छोरीको हत्या गरेको कर्तव्य ज्यानसम्बन्धी कसुरमा श्रीमतीविरूद्ध जाहेरी दिएका छन्। पौडेललाई मोरङ जिल्ला अदालतबाट ४ दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

 

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ३ : ५९ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका