बालेनका समर्थकको अभियानले ओलीका फलोअर्स दुई दिनमा ७६ हजार घटे « Khabarhub

बालेनका समर्थकको अभियानले ओलीका फलोअर्स दुई दिनमा ७६ हजार घटे


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी प्रदेशसभा सदस्य रेखा शर्मालाई कारबाही नभएको भन्दै रिसाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकले चलाएको अभियानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकबाट ७६ हजार फलोअर्स गुमाएका छन् ।

बालेन्द्रका समर्थक र फ्यानले चलाएको ‘अनफलो’ अभियानका कारण ‌ओलीले यो क्षति ब्यहोरेका हुन् । एमाले प्रदेश सभा सदस्य शर्माबारे राखेको फेसबुक पोस्ट मास रिपोर्टमा परेपछि बालेन्द्र आक्रोशित भएका थिए ।

बालेन्द्रले आफू दोषी भए कारबाही गर्न भन्दै फेसबुकमा स्टाटस लेखेपछि उनका फ्यान पनि ओलीमाथि खनिएका थिए । मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो ।

कसैले रिपोर्ट गरेका कारण उक्त पोस्ट फेसबुकले डिलिट गरिदिएको सचिवालयले दाबी गरेको थियो । त्यसपछि मंगलबार नै बालेनले पोस्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोस्ट सरकारले हटाइदिएको आशयको स्टाटस लेखेका थिए । त्यसपछि बालेनका समर्थकहरूले ओलीलाई अनफलो थालेका थिए ।

मंगलबार प्रधानमन्त्री ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार यो समाचार तयार पार्दासम्म ५ लाख ९० हजार पुगेको छ । अहिलेसम्म उनलाई ७६ हजारले अनफलो गरेका छन् ।

बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोस्ट हटेपछि सुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ८ : ३९ बजे

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त

सेख हमदले कसरी बदले कतारको भाग्य ?

काठमाडौँ – कतारलाई एक सानो र अस्तित्वका लागि संघर्षरत राष्ट्रबाट