नेताहरू बिग्रिएको भन्दै एमाले बैठकमा ओलीले दिए विकल्प- राजनीति र मोजमस्ती दुवै हुँदैन, एउटा रोज्नू « Khabarhub

नेताहरू बिग्रिएको भन्दै एमाले बैठकमा ओलीले दिए विकल्प- राजनीति र मोजमस्ती दुवै हुँदैन, एउटा रोज्नू


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासनहीन कृयाकलाप बढ्दै गएको भन्दै आक्रोश पोखेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा ओलीले नेता कार्यकर्ताहरूलाई कि राजनीति रोज्न कि त मोजमस्ती रोज्न भनेका छन् ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीले यसअघिको ‘समृद्ध नेपाल र सुखी नेपालीको’ आकांक्षासहित एमाले अघि बढेको बताएका थिए ।

एमाले स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने निर्णायक शक्ति भएको ओलीले स्पष्ट पारेको पनि गौतमले बताए ।

तर ओलीले पार्टीभित्र अराजकता बढेको भन्दै आक्रोश पोखेका थिए । उनले पार्टीभित्र नेताहरू नैतिकहीन,गतिहीन र चरित्रहीन भए भन्ने कुरा उठेका बताएका थिए ।

गौतमकाअनुसार त्यसमा ओलीले एमाले कुनै सम्झौता नहुने कुरा स्पष्ट शब्दमा राखेका थिए । ‘उहाँ (अध्यक्ष ओली) ले राजनीति र इनज्वय दुवै गर्न पाइँदैन, कि राजनीति गर कि इनज्वय गर भनेर भन्नुभयो’, गौतमले बैठकपछि पत्रकारहरूलाई भने ।

 

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ९ : २१ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको