बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २० गते बिहीबार तदनुसार सन् २०२४ सेप्टेम्बर ५ तारिख। भाद्र शुल्क पक्षको द्वितीया तिथि। तीजको दर खाने दिन। मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : ३४ बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा