अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप « Khabarhub

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले रूसमाथि सन् २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । उसले निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोपमा रूसका सरकारी सञ्चार माध्यममाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाले राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गर्न अभियान नै सञ्चालन गरेको दाबीसमेत गरेको छ । अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रूसका सरकारी सञ्चारमाध्यम आरटी (रशियन टुडे) ले रूसी सन्देश बनाउन तयार गरेर अमेरिकी दर्शकसम्म पुर्‍याउनका लागि टेनेसीको एक फर्मलाई एक करोड़ डलर दिएको दाबी गरेका छन् । 

अमेरिकाले आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानसहित १० जना रूसका सरकारी सञ्चार माध्यमका पत्रकारहरू माथि प्रतिबन्ध लगाएको बीबीसीमा समाचार प्रकाशित छ । 

तर, रूसी सरकारी सञ्चार माध्यम आरटीले अमेरिकाद्वारा लगाइएको आरोप अस्वीकार गरेको छ । अमेरिका अधिकारीहरू आरटीसँगै रूसका अन्य सरकारी मिडियाले आप्mना गलत गतिविधीहरुको समर्थनका लागि अमेरिकी इन्फ्लुएन्सर्सहरुलाई गोप्य रूपमा भर्ना अभियान चलाएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १२ : ३० बजे

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ