अफ्रिकालाई ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता | Khabarhub Khabarhub

अफ्रिकालाई ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बेइजिङमहामारीपछिको बेइजिङको सबैभन्दा ठूलो शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार आगामी तीन वर्षमा अफ्रिकाका लागि ५० अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गर्ने वाचा गरेका छन् । उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहयोगलाई अझ गहिरो बनाउने वाचा गरे। 

सरकारी सञ्चारमाध्यमका अनुसार ५० भन्दा बढी अफ्रिकी नेता तथा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यस साताको चीन–अफ्रिका मञ्चमा सहभागी भएका छन् । 

अफ्रिकी नेताहरूले पूर्वाधार, कृषि, खानी, व्यापार र ऊर्जामा थप सहयोगका लागि यो साताअघि नै धेरै सम्झौताहरू सुरक्षित गरिसकेका छन् । 

बिहीबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा मञ्चको उद्‌घाटन समारोहमा नेताहरूलाई सम्बोधन गर्दै राष्ट्रपति सीले अफ्रिका महादेशसँगको सम्बन्धलाई ‘इतिहासको सबैभन्दा राम्रो अवधि’ भने । 

‘चीन अफ्रिकी मुलुकहरूसँग उद्योग, कृषि, पूर्वाधार, व्यापार र लगानीमा सहयोगलाई गहिरो बनाउन तयार छ’, उनले भने, ‘आगामी तीन वर्षमा चिनियाँ सरकार तीन खर्ब ६० अर्ब युआन (५० अर्ब ७९ करोड डलर) को वित्तीय सहयोग उपलब्ध गराउन इच्छुक छ ।’

उनका अनुसार उक्त सहयोगको आधाभन्दा धेरै हिस्सा ऋणमा हुनेछ जसमा ११ अर्ब डलर ‘विभिन्न प्रकारको सहायता’ का साथै १० अर्ब डलर चिनियाँ कम्पनीहरूलाई लगानीका लागी प्रोत्साहित गर्नेमार्फत हुनेछ । उनले ‘अफ्रिकाका लागि कम्तीमा १० लाख नोकरी सिर्जना गर्न’ सहयोग गर्ने पनि वाचा गरे । 

बैठकमा राष्ट्रसङ्घका महासचिव गुटेरेसले अफ्रिकी नेताहरूसँग चीन र अफ्रिका महादेशबीच बढ्दो सम्बन्धले ‘नवीकरणीय ऊर्जा क्रान्तिलाई प्रवर्द्धन गर्न सक्ने’ बताए। 

‘गरिबी उन्मूलनलगायत चीनको विकासको उल्लेखनीय रेकर्डले अनुभव र विशेषज्ञताको खजाना प्रदान गर्दछ’, उनले भने । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ०७ बजे

६२ अंकले बढ्यो नेप्से, व्यापार बाहेक सबै समूह हरियाली

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ

गिरीबन्धुदेखि ओम्नी प्रकरणसम्म छानबिन गर्न सरकारलाई एमालेको चुनौती 

काठमाडौं– नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ