बालेनको आरोपबारे एमाले महासचिवको टिप्पणी- प्रधानमन्त्रीलाई जोडिरहनु जरुरी छैन « Khabarhub

बालेनको आरोपबारे एमाले महासचिवको टिप्पणी- प्रधानमन्त्रीलाई जोडिरहनु जरुरी छैन


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपबारे मुख खोलेका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बालेनले लगाएको आरोपको कुरामा प्रधानमन्त्रीलाई जोड्न नहुने बताएका हुन् ।

मेयर साह र प्रधानमन्त्री ओलीबीचको टकरावलाई लिएर पोखरेलले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताएका हुन् ।

बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनले बताएका छन् ।

एमाले कर्णाली प्रदेशको सचिवालय बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका महासचिव पोखरेल आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ३३ बजे

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ