द्वन्द्वपीडित सङ्घले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र « Khabarhub

द्वन्द्वपीडित सङ्घले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै सङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्ष रुपमा प्राथमिकता दिनसक्ने व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेको हो । 

सोसम्बन्धी कानुन संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

 सङ्घका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएकोप्रति पीडित सात लाख पचास हजारमध्ये एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम तत्काल निकासा गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : ५८ बजे

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

भोजपुर– हिउँदे वर्षा नहुँदा भाेजपुरका किसान चिन्तित भएका छन् ।

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम