रसिया जाने विद्यार्थीका अभिभावकसँग मागियो युद्धमा सहभागी नहुने प्रतिबद्धता « Khabarhub

रसिया जाने विद्यार्थीका अभिभावकसँग मागियो युद्धमा सहभागी नहुने प्रतिबद्धता


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अभिभावकको प्रतिबद्धता आएपछिमात्रै रसिया जाने विद्यार्थीलाई अध्ययन अनुमति पत्र दिइने बताएकी छन् ।

बिहीबार सिंहदरबारमा अध्ययनका लागि रसिया जाने तयारीमा रहेका विद्यार्थी र अभिभावकसँग छलफल गर्दै मन्त्री भट्टराईले युद्ध भइरहेकाले अभिभावकको प्रतिबद्धता आएपछि मात्रै अध्ययन अनुमति पत्र दिइने बताइन् ।

युक्रेनसँगको युद्धका कारण सरकारले रसिया जाने तयारीमा रहेका ४० जना विद्यार्थीको अध्ययन अनुमति पत्र रोकेको थियो । मन्त्री भट्टराईले पढ्न जाने विद्यार्थीहरू युद्धमा सहभागी हुन सक्नेतर्फ संकेत गर्दै अभिभाभावसँग प्रतिबद्धता खोजेकी हुन् ।

सरकारकै छात्रवृत्तिमा जान लागेका विद्यार्थीलाई अध्ययन अनुमति पत्र दिन मन्त्रालयले अभिभावकको प्रतिवद्धता मागेको हो ।

मन्त्री भट्टराईले रसियमा दुईदेखि ६ वर्षसम्मको कोर्ष रहेकाले विद्यार्थीहरूप्रति सरकार चिन्तित भएको बताइन् ।

उनले विद्यार्थीले पाएको अवसरलाई सरकारले अनुमति दिने भन्दै त्यसअघि अभिभावक र विद्यार्थीसँग छलफल गरिएको जानकार दिइन् ।

अभिभावकले समेत विदेशमा पढिसकेपछि स्वदेश फर्कनका लागि पहल गर्नुपर्ने उनले बताएकी छन् ।

अध्ययन अनुमति पत्र लिएर पढ्न गएका विद्यार्थीको सम्बन्धित देशका राजदूतावासमार्फत आवश्यक रेकर्ड राख्ने उनले बताइन् ।

छलफलमा सहभागी विद्यार्थी तथा अभिभावकले पढ्न जान लागेका स्थानमा जोखिम नरहेकाले अध्ययन अनुमति पत्र दिन आग्रह गरेका थिए ।

मन्त्रालयका अनुसार रसियामा चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायत क्षेत्रमा पढ्न ४० जना विद्यार्थीले छात्रवृति पाएका थिए ।

अहिले पनि रसियामा हजार भन्दा धेरै नेपाली युक्रेनविरुद्धको युद्धमा सहभागी छन् । पढ्न गएका केही विद्यार्थी पनि युद्धमा सहभागी भएको सूचना आएपछि सरकार सचेत भएको हो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ३ : २९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको