१२ अंकले घट्यो नेप्से, कारोबार पनि ९ अर्बमा ओर्लियो « Khabarhub

१२ अंकले घट्यो नेप्से, कारोबार पनि ९ अर्बमा ओर्लियो


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  १२.१० अंकले घट्दा कारोबार पनि ओरालो लागेको छ । 

बिहीबार ९ अर्ब ६५ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । उक्त कारोबार बुधबारको तुलनामा ३ अर्बले कम हो । 

आज नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ विन्दुमा आएको छ । आज २ करोड १ लाख ५३ हजार ९९३ कित्ता शेयर कारोबार भएको छ । 

नेप्से घटेसँगै १३ वटा समूहमध्ये २ समूह बाहेक सबै समूह राताम्य भएको छ । आज सबैभन्दा बढी लगानी समूह १.३६ प्रतिशतले घटेर १०९.९१ विन्दुमा पुगेको छ ।

त्यस्तै आज लघुवित्त समूह १.६८ प्रतिशतले बढेर ५२१२.४० विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.१६ प्रतिशतले बढेर ३७५९.४३ विन्दुमा पुगेको छ । 

साथै, वाणिज्य बैंक ०.६९ प्रतिशतले, विकास बैंक ०.१३ प्रतिशतले, फाइनान्स ०.५३ प्रतिशतले, होटल समूह ०.११ प्रतिशतले, हाइड्रो १.०१ प्रतिशतले, जीवन बीमा ०.७४ प्रतिशतले, उत्पादन ०.३३ प्रतिशतले, म्युचुअल फण्ड ०.५६ प्रतिशतले, निर्जीवन बीमा ०.५२ प्रतिशतले र अन्य समूह ०.०१ प्रतिशतले घटेको छ ।

प्री-ओपन सेसनमा करिब १ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमै तल झरेको थियो । 

बजार फेरि माथि जान खोजे पनि गति लिन सकेन । १२ बजेर ३३ मिनेटमा बजार सबैभन्दा तल झरेको थियो ।

त्यसपछि बजार फेरि माथि गएको थियो । तर लगत्तै तल झर्‍यो। २ : १४ पछि बजारले उकालो यात्रा तय गरेको थियो । तर २:३८ पछि भने बजारमा बिक्रीकर्ताले बजार एकैचोटी घटाएका थिए । 

आज बजार न्यूनतम् २६८६ विन्दुमा र उच्चतम् २७५८ विन्दुमा पुगेको थियो । बजार बन्द हुँदा भने २७२७ विन्दुमा रोकिएको थियो ।

आज बजार घट्दा १०२ कम्पनीको शेयर मूल्य बढ्यो भने १३८ वटा कम्पनीको शेयर मूल्य घट्यो । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । थप ६ वटा कम्पनीको शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढ्यो ।

आज ३१६ वटा कम्पनीको कारोबार हुँदा १ लाख १२ हजार ६९२ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ३ : २३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार