सर्वदलीय टोलीले प्रचण्डलाई भन्यो- नदीबाट २० मिटर छाड्दा पशुपति मन्दिर नै सार्नुपर्छ | Khabarhub Khabarhub

सर्वदलीय टोलीले प्रचण्डलाई भन्यो- नदीबाट २० मिटर छाड्दा पशुपति मन्दिर नै सार्नुपर्छ


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको नदी किनाराका जग्गाबारे पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन् ।

नदी किनाराका जग्गामा देखिएको समस्या समधानमा पहलको आग्रहसहित भेट्न आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग कुरा गर्दै उनले यो निर्णय कार्यान्वयनमा जटिलता रहेको बताए ।

उनले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि तय हुने जानकारी पूर्वप्रधानमन्त्री दाहालले दिए ।

सर्वदलीय भेटमा सहभागीले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको बताएका थिए ।

अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो दायाँबायाँ २०/२० मिटर छाड्नुपर्दा दसौँ हजार परिवार विस्थापित हुने र पशुपति मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।

काठमाडौं महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरूले यो फैसला कार्यान्वयन भए आर्थिक रूपमा अराजकता पैदा हुने बताए ।

आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको उनीहरूले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यले प्रमुख प्रतिपक्षी नेताका रुपमा प्रचण्डलाई भेट्न आएको बताए ।

प्रतिनिधिमण्डलमा नेकपा एमालेका नेता डा. राजन भट्टराई र काठमाडौं महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायत सहभागी थिए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ४ : ४७ बजे

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन

काठमाडौं– जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काभ्रे– पनौती नगरपालिका-४ बसपार्कस्थित मणिक श्रेष्ठले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध