प्रेमीले आगो लगाएपछि युगाण्डाकी धावक चेप्टेगीको मृत्यु « Khabarhub

प्रेमीले आगो लगाएपछि युगाण्डाकी धावक चेप्टेगीको मृत्यु


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

नैरोबी– प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन् । 

यो पूर्वी अफ्रिकी मुलुक युगान्डामा लिङ्ग आधारित हिंसाको पछिल्लो भयावह घटना थियो । कार्यकर्ताहरूले महिला–हत्या महामारीको चेतावनी दिएका छन् । 

“हामीले ओलम्पिक एथलिट रेबेका चेप्टेगीको उनको प्रेमीले गरेको भयानक हमलापछि दुःखद निधनका बारेमा थाहा पाएका छौँ”, युगान्डा ओलम्पिक समितिका अध्यक्ष डोनाल्ड रुकारेले एक्समा पोस्ट गर्दै भने, ‘यो कायरतापूर्ण र संवेदनहीन कृत्यले एउटा महान एथलिटलाई गुमाउनुपर्यो, उनको विरासत कायम रहनेछ ।’

प्रहरीका अनुसार चेप्टेगीका साथी डिक्सन एनडिमा मराङगजका रूपमा चिनिने हत्याराले आइतबार पश्चिमी काउन्टी ट्रान्स–नजोइयाको एन्डेबेसमा रहेको उनको घरमा पेट्रोल छर्केर जलाएका थिए । 

यो घटना ३३ वर्षीया चेप्टेगीले पेरिस ओलम्पिकमा म्याराथुनमा भाग लिएको केही सातापछि भएको हो । म्याराथुनमा उनी ४४औँ स्थानमा रहेकी थिइन् । 

आक्रमणमा परेकी चेप्टेगीको शरीरको ८० प्रतिशत भाग जलेको उनको उपचार भइरहेको अस्पतालका कार्यवाहक प्रमुखले मंगलबार पत्रकार सम्मेलनमा बताएका थिए । 

‘हिजो राति उनको सबै अङ्ग खराब भए’, मोई टिचिङ एन्ड रेफरल अस्पतालका एक चिकित्सकले बिहीबार बताए। चेप्टेगीको उपचार गर्ने एक नर्सले उनको मृत्यु स्थानीय समयानुसार बिहान ५ बजे भएको जानकारी दिइन् । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : ५८ बजे

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५

शिक्षित महिलाले नै शिशुलाई पर्याप्त स्तनपान गराउँदैनन् : अध्ययन प्रतिवेदन

खोटाङ– पछिल्लो समयमा नेपालमा शिक्षित महिलाले नै आफ्ना नवजात शिशुलाई

लुटपाट आरोपमा फिलिपिन्सका अर्का सिनेटर पक्राउ, भ्रष्टाचारविरुद्धको कारबाही तीव्र

मनिला- फिलिपिन्समा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र भइरहेका बेला अर्का सिनेटर रोडान्टे मार्कोलेटालाई

कांग्रेस इतरको ठहर- पार्टीलाई फुटबाट जोगाउन संस्थापन बाधक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशन तयारीका लागि

मुम्बईमा भारी वर्षा, भवन भत्किँदा छ जनाको मृत्यु

एजेन्सी– भारतको आर्थिक राजधानी मुम्बईमा मनसुनी भारी वर्षाबीच एउटा जीर्ण