अनिवार्य ‘प्यान’प्रति नेता नेपालको असन्तुष्टि « Khabarhub

अनिवार्य ‘प्यान’प्रति नेता नेपालको असन्तुष्टि


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आइतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पूर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गरे ।

उनले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागू गरेको प्रणाली लागू गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पूर्व आकलन गर्न नसकिएको तर्क गरे । फोहर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्थाप्रति उनले असन्तुष्टि पोखे ।

उनले भने, “अर्थतन्त्र सम्मृद्ध हुनुपर्यो आर्थिक अवस्था राम्रो हुनुपर्यो । सिंगो व्यवसाय फस्टाउदै जानुपर्यो । आर्थिक गतिविधि तीब्र ढंगले संञ्चालन हुदै जानुपर्यो । आर्थिक गतिविधि सुक्दै जाने, पूँजी पलायन हुदै जाने, रोजगारीका समस्या विकराल बन्दै जाने । यस्तो अवस्थाभित्र कुन ढंगले कदम चाल्दा ठिक हुन्छ भनेर विचार नपुर्याईकन कुनै पनि कदम चाल्नु हुँदैन ।”

उनले मुलुकको पुर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरि यूरोपेली देशका प्रणालीलाई रातारात लागु गर्न खोज्नु गलत भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ०१ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको