संविधान संशोधनको दृष्टिकोण तय गर्न कर्णको संयोजकत्वमा कार्यदल गठन | Khabarhub Khabarhub

संविधान संशोधनको दृष्टिकोण तय गर्न कर्णको संयोजकत्वमा कार्यदल गठन


२१ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने निर्णय गरिएको प्रवक्ता आभास लाभले जानकारी दिए।

उक्त कार्यदलले संविधान संशोधनका विषयमा सरकारलाई आवश्यक सहजीकरणसमेत गर्नेछ। बैठकले संविधान संशोधन गर्दा जातीय, वर्गीय उत्पीडनमा परेका समुदायलाई सामाजिक न्याय तथा मधेसका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्यण्डमा यही बुधबार र बिहीबार बसेको बैठकले आगामी वैशाख २६ गते महाधिवेशन गर्ने निर्णयसमेत यसै बैठकबाट गरेको छ। महाधिवेशनस्थलबारे पछि निर्णय गरिने जनाइएको छ।

वडा, गाउँ, क्षेत्र तथा केन्द्रसम्म सङ्गठन सुदृढीकरणका लागि जनलक्षित अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले विभिन्न कारणले लोसपा परित्याग गरेका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेको छ।

राजनीतिक, आर्थिक, सामाजिक विषयमा थप सशक्त कार्यक्रम बनाउन नेताहरूले सुझाव दिएको बैठकमा पार्टी सञ्चालनका लागि लेबी तोक्ने, पार्टी सञ्चालनका लागि खर्च गर्नेलगायत आर्थिक नियमावली निर्माण गरिएको छ। मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे बैठकमा छलफल गरिएको प्रवक्ता लाभले जानकारी दिए। आसन्न मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी गर्ने निर्णय बैठकले गरेको छ। रासस

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ५ : २४ बजे

सरकार इमानदार देखिएन, आन्दोलनलाई निम्ता दिन खोजियो : शिक्षक महासङ्घ

काठमाडौं– नेपाल शिक्षक महासंघले शिक्षकहरुसँग भएको सहमतिप्रति राज्य पक्ष जिम्मेवार

आज तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

म नै कम्युनिष्ट एकताको प्रस्तावक हुँ : प्रचण्ड

जाजरकोट– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव

नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

नवलपरासी- नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६ दशमलव ५०

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दी खण्ड कालोपत्र

कास्की- निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक