सोमबारका लागि प्रचण्डले बोलाए सचिवालय बैठक « Khabarhub

सोमबारका लागि प्रचण्डले बोलाए सचिवालय बैठक


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सचिवालय बैठक बोलाएका छन् ।

दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने सचिवालय बैठकमा महानगर इन्चार्ज तथा सहईन्चार्जका साथै प्रवास कमिटीबारे छलफल हुनेछ ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर रहेको बेला आन्तरिक पार्टी विवाद मिलाउने उद्देश्यले बैठक बोलाएक हुन् ।

गत बिहीबारको सचिवालय बैठकमा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबिच व्यक्तिगत तहमा भनाभन भएपछि नेकपा भित्रको बिबाद थप उत्कर्षमा पुगेको छ ।

झन्डै १५ महिना पछि बैठकको अध्यक्षता गर्नेसम्म अधिकार पाएका दाहालले नेकपा भित्रको बिबाद उपचारबाट ओली स्वदेश फर्कनु अगावै सल्टयाउने प्रयास गरिरहेको छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ८ : ३२ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको