अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीलाई दोस्रो सफलता « Khabarhub

अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीलाई दोस्रो सफलता


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्जियो अग्युरोको दुई गोलको मद्दतमा म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो दोस्रो जित हात पारेको छ ।

आइतबार राति भएको एएफसी बर्नमाउथविरुद्धको खेलमा ३–१ को जीत हात पारेको सिटीले अंक तालिकामा ४ अंक जोड्न सफल भएको हो ।

बर्नमाउथविरुद्ध बलियो देखिएको सिटीका लागि खेलको १५ औं मिनेटमा अग्युरोले गोल गर्दै टिमलाई शूरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, सिटीका लागि रहिम स्टर्लिङले खेलको ४३ औं मिनेटमा गोल गर्दै टिमलाई दोहोरो अग्रता दिलाए भने सिटीविरुद्ध बर्नमाउथका खेलाडी ह्यारी विलियमसनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

पहिलो हाफ २–१ ले सकिएको खेलमा सिटीका लागि अग्युरोले खेलको ६४ औं मिनेटमा गोल गर्दै टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।

३१ वर्षीय अग्युरोले आफ्नो करियरको चार सयौं गोल पूरा गरेका छन् । उनले बर्नमाउथविरुद्ध १० यार्डको दूरीबाट गोल गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ९ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै