अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण | Khabarhub Khabarhub

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण


२२ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी – कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह आज पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले एक समारोहबीच कृतिको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले चैतन्यलाई ५० कै दशकदेखि कविका रूपमा सुनेको स्मरण गर्दै उनले समकालीन पोखरेली कविताका एक उदीयमान र प्रतिभावान् कवि भएको बताउनुुभयो । कवि अधिकारीमा गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यतासहित अभिव्यक्त गर्ने क्षमता भएको उनले उल्लेख गरे ।

यसैगरी कवि श्रेष्ठले कविताको कुनै आकार नहुने र अधिकारीका कवितामा पनि आकारको बन्देज नभएको धारणा राखे । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा प्रस्तुत गर्न सक्ने कविका रूपमा उनले अधिकारीलाई चित्रण गरे ।

कृति समीक्षा गर्दै कवि, समालोचक सञ्जीव पौडेलले अधिकारीलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कविता नै पढ्न उक्साउने स्रष्टाका रूपमा पाएको टिप्पणी गरे ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्वअध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, शेखर पराजुुली, कौशल चन्द्र जीसी, रीता अधिकारी ऋतु, शिव त्रिपाठीलगायतले अधिकारीको व्यक्तित्व एवम् कृति सम्बन्धमा धारणा राखे थिए ।

अधिकारीले एक दशकपछि दोस्रो कृति बजारमा ल्याएका हुन्। यसअघि उनको झरीको किनार कविता सङ्ग्रह प्रकाशित भएको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ९ : ०७ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना