नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल « Khabarhub

नेसन्स लिग : हंगेरीविरुद्ध जर्मनीको ५ गोल


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा हंगेरीलाई ५–० गोलले हराउँदै जर्मनीले फराकिलो जित निकालेको हो ।

जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पाभ्लोभिच र काई हाभर्टजले एक–एक गोल गरेका थिए ।

खेलको २७औँ मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ५८औँ मिनेटमा मुसियालाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यसैगरी ६६औँ मिनेटमा विर्ट्ज, ७७औँ मिनेटमा पाभ्लोभिच र ८१औँ मिनेटमा हाभर्टजले गोल गर्दै जर्मनीलाई ५–० गोलको जित दिलाए ।

यो जितसँगै समूह सी को जर्मनी पहिलो खेलबाट तीन अंक जाड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको पनि तीन अंक नै छ । हंगेरी र बोस्निया एन्ड हर्जगोभिना अंक बिहीन छन् । बोस्नियालाई नेदरल्याण्ड्सले हराएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ८ : ३९ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा