पश्चिम तराईमा अटवारी पर्व मनाइँदै « Khabarhub

पश्चिम तराईमा अटवारी पर्व मनाइँदै


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– पश्चिम तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गर्दछन् ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा मौलिक सांस्कृतिक कार्यक्रमका साथ रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा ‘अण्डी’ धानको चामलबाट मीठा परिकार पकाउने गरिन्छ । यो धानको चामल सर्वसुलभ नभएपछि अन्य जातको धानको चामल प्रयोग गर्नुपरेको यो समुदायका अगुवा बताउँछन् । अण्डी भात तथा रोटी, खुर्मा, फुलौरी, खरिया, घोङ्घी, गेंता टिना, मच्छी टिना, सुरिक सिकारलगायत परिकार बनाउन प्रयोग गरिन्छ ।

यो पर्वमा पूजाको काम सकिएपछि छोरीबहिनीका लागि अलग्गै छुट्याएर राखिने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । छोरी बहिनीलाई अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । पर्वको दोस्रो दिन बिहानै यसरी छुट्याइएको अग्रासन (खानाका परिकार) आफ्नी छोरीबहिनीको घरसम्म लगिदिने चलन छ ।

महाभारतको युद्धमा पराजित भई वनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको डगौरा चौधरी समुदायका अगुवा बताउँछन् ।

पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १० : ५२ बजे

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र