पश्चिम तराईमा अटवारी पर्व मनाइँदै « Khabarhub

पश्चिम तराईमा अटवारी पर्व मनाइँदै


२३ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– पश्चिम तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आज ‘अटवारी’ पर्व मनाइँदै छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने ठानिएको अटवारी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका डगौरा चौधरीले मनाउने गर्दछन् ।

वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा मौलिक सांस्कृतिक कार्यक्रमका साथ रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा ‘अण्डी’ धानको चामलबाट मीठा परिकार पकाउने गरिन्छ । यो धानको चामल सर्वसुलभ नभएपछि अन्य जातको धानको चामल प्रयोग गर्नुपरेको यो समुदायका अगुवा बताउँछन् । अण्डी भात तथा रोटी, खुर्मा, फुलौरी, खरिया, घोङ्घी, गेंता टिना, मच्छी टिना, सुरिक सिकारलगायत परिकार बनाउन प्रयोग गरिन्छ ।

यो पर्वमा पूजाको काम सकिएपछि छोरीबहिनीका लागि अलग्गै छुट्याएर राखिने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । छोरी बहिनीलाई अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । पर्वको दोस्रो दिन बिहानै यसरी छुट्याइएको अग्रासन (खानाका परिकार) आफ्नी छोरीबहिनीको घरसम्म लगिदिने चलन छ ।

महाभारतको युद्धमा पराजित भई वनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको डगौरा चौधरी समुदायका अगुवा बताउँछन् ।

पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथा वाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । अटवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २३ भदौ २०८१, आइतबार  १० : ५२ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको