नदीकिनारको थप २० मिटर खाली गराउने फैसलाविरुद्ध आन्दोलित हुन नेपालको निर्देशन « Khabarhub

नदीकिनारको थप २० मिटर खाली गराउने फैसलाविरुद्ध आन्दोलित हुन नेपालको निर्देशन


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


573
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपत्यकास्थित नदीकिनारबाट थप २० मिटर जमिन खाली गराउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिन निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले नदीकिनाराका जमीन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकाल्दै दबाबमुलक कार्यक्रम थाल्न निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालको निर्देशनअनुसार समाजवादी पार्टी जनताको पक्षमा उभिएर अदालतको निर्णयबारे सबै किसिमका सम्वाद गर्दै दबाबमुलक कार्यक्रम गर्ने भएको छ।

पीडित जनतासँग तत्काल अन्तरकृया गरेर पार्टीको धारणा जनतासम्म पुर्‍याउन पनि नेपालले पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएका छन् ।

उपत्यकाका नेताहरूसहित आइतबार आएको डेलिगेशन टोलीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो निर्देशन दिएको पार्टीका काठमाडौं जिल्ला अधक्ष एलपी श्रेष्ठले बताए ।

उनकाअनुसार ललितपुरका जिल्ला अधक्ष हरिकृष्ण थापा र भक्तपुर अधक्ष श्याम बस्नेतसहितको प्रतिनिधिमण्डलसँगको छलफलपछि यो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा अधक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, उपाधक्षहरू राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो ।

कार्यक्रममा केन्द्रीय सचिव सावित्रा भुसाल र केन्द्री सदस्य हरू तथा बागमती प्रदेशका सांसदहरू उपस्थित थिइ । पार्टीले अब यसबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  १ : ३५ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी