समाजवादीमा प्रवेश गर्ने चर्चा हल्ला मात्रै हो : भीम रावल « Khabarhub

समाजवादीमा प्रवेश गर्ने चर्चा हल्ला मात्रै हो : भीम रावल


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बाम नेता भीम रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको कुरा हल्ला मात्रै भएको दाबी गरेका छन्।

पछिल्लो समय बामनेता बामदेव गौतम र भीम रावल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्ला चलेको थियो।

तर यस विषयमा रावलले भने कुनै पनि रूपमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बारे छलफलमा नभएको दाबी गरेका छन्।

उनले आइतबार खबरहबसँग भने, ‘शुभेच्छुक र साथीहरूले हल्लाखल्ला मात्रै गरेका हुन् मेरो कुनै त्यस्तो पार्टी प्रवेश गर्ने योजना छैन। यहाँहरुलाई थाहा नै छ म नेकपा एमालेमा छु। केही समय सक्रिय राजनीति मात्र नगरेको हुँ।’

उनले अगाडि थपे,’म अहिले धनगढीमा छु। हल्ला सुनेर म आफैं छ्क्क परे ।’

उनले नेकपा एकीकृत समाजवादीमा आफू प्रवेश गर्ने हल्ला विगतदेखि नै चलेको तर आफूलाई यस विषयमा जानकारी नै नभएको दाबी गरे।

उनले समाजवादीमा गइदिए हुन्थ्यो आइदिए हुन्थ्यो भन्ने मानसिकताका मान्छेहरुले यस्तो आरोप लगाएको दाबी गरे।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ८ : ०४ बजे

बागमतीमा नयाँ सरकारको संकट उस्तै : राप्रपाको विवाद र नेकपाको असन्तुष्टिबीच बहिष्कार गर्न कांग्रेस ह्विप

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मंगलबार फेरि प्रदेशसभाबाट

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

काठमाडौं– यामाहाले नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने

एक्सन दृश्य केन्द्रमा राखेर निखिलले सार्वजनिक गरे ‘आचार्य’को टिजर

काठमाडौं – नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचाय’को टिजर

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) मा

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं– काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा