बालुवाटार बैठक : सरकारको कामकारबाही प्रभावकारी बनाउनेबारे छलफल « Khabarhub

बालुवाटार बैठक : सरकारको कामकारबाही प्रभावकारी बनाउनेबारे छलफल


२३ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच करिब दुई घण्टा छलफल भएको हो ।

छलफलमा कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकको सहभागीता रहेको थियो । त्यस्तै एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उपस्थीति थियो ।

भेटमा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ । साथै कोसी सरकार विस्तार र गण्डकी सरकारमा देखिएको विवादबारे पनि छलफल भएका बालुवाटार निकट स्रोतले बताएको छ ।

भेटवार्तामा सत्तारुढ दलले ल्याउने भनेको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि सामान्य छलफल भएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ९ : १५ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार