आज २०८१ साल भदौ २४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल भदौ २४ गते सोमबारको राशिफल


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल भदौ २४ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर ९ तारिख। भाद्र शुल्क पक्षको षष्ठी तिथि। सूर्य षष्ठी व्रत। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : अप्रिय समाचारले दुःखी बनाउने छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : बोलीमा मिठास रहेको छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्नेछ। धातु र फलामको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : काममा अवरोध सिर्जना हुनेछ। भोलेबाबाको मन्दिरको दर्शन गरेमा दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा व्यवसायमा उन्नति हुनेछ। शिक्षा क्षेत्रको लगानीमा अवरोध हुनसक्छ।

कर्कट : श्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। नव आगन्तुकको आगमन हुनसक्छ। शन्तसँगको संगतले मन शान्त हुनेछ। पार्टी संगठनको विशेष मोर्चामा स्थान पाउने योग छ। परिवारमा ठुलो विश्वास गर्ने बानीले धोका हुने जोखिम छ।

सिंह : सोचेका काम बन्नेछन्। साथीको सहयोग प्राप्त हुनेछ। अध्ययनमा प्रगति हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। जुनसुकै काममा मेहनत गर्नुपर्ने आवश्यकता छ।

कन्या : आम्दानीको दृष्टिले महत्त्वपूर्ण दिन रहेको छ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँनयाँ कामको तय हुनेछ। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य क्षेत्रको लगानीमा हिम्मत गरेमा परिवारको साथ रहनेछ।

तुला : धन आर्जन गर्ने दिन छ। बौद्धिक तथा राजनीतिक क्षेत्रको लगानीबाट आम्दानी बढ्नेछ। सामाजिक संघ र संस्थाले सम्मान गर्नेछन्। पार्टी संगठनमा आवद्ध भएमा फाइदा हुनेछ। परिवार र साथीभाइबाट साथ र सहयोग मिल्नेछ।

वृश्चिक : चन्द्रमाले तपाईंको राशिमा गोचरी गर्दैछन्। जसका कारण मन शान्त हुनेछ। हरेक ठाउँमा तपाईंको शुभ चर्चा र परिचर्चा हुनेछ। लगानीका स्रोत धेरै भएकाले आफैले छनोट गर्नु राम्रो हुनेछ। परिवारमा सल्लाह गरेर अगाडि बढ्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यामा समस्या हुने जोखिम छ।

धनु : आज तपाईंको प्रशंसा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी र श्रमबाट फाइदा हुनेछ। आयुर्वेदिक चिकित्साको क्षेत्रको लगानीमा श्रम भए प्रगति हुनेछ। परिवारमा सल्लाह नलिने बानीले मनमुटाव देखिनेछन्।

मकर : शिक्षाको लगानीमा लाभ हुनेछ। स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति हुनेछ। न्यायपूर्वक गरेको लगानीबाट नाम र दाम बढ्नुका साथै शान्ति र उत्साह बढ्नेछ। परिवारले तपाईंको कुरामा विश्वास नगर्ने जोखिम छ।

कुम्भ : परिवार र समाजमा तपाईंको कमजोरीको खोजी हुनेछ। साना कुरामा झन्झट बढ्नसक्छ। बिहान धार्मिक कार्यमा सहभागी भएमा दिन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मीन : ग्रह कमजोर भएकाले झुटा आरोप लाग्न सक्छन्। बिहानै गणेशको पूजा गर्नाले मन शान्त हुनेछ। धार्मिक कार्यमा सहभागी हुँदा परिवारमा मेलमिलाप हुनेछ। व्यापारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : ०३ बजे

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी