ग्रिजमन चम्किएपछि बार्सिलोनाको शानदार जित « Khabarhub

ग्रिजमन चम्किएपछि बार्सिलोनाको शानदार जित


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

साविक विजेता बार्सिलोनाले रियल बेटिसमाथि ५–२ को प्रभावशाली जित हात पारेको हो । यो सिजनको पहिलो खेलमा नै स्तब्ध भएको बार्सिलोनाले बेटिसविरुद्ध उत्कृष्ट फुटबल खेल्न सफल भयो ।

उसको जितमा एन्टोइन ग्रिजमनले दुई गोल गरे । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल बेटिसको एक गोलको अग्रतालाई एल्ट्याउदै पाँच गोल गरेको थियो । खेलको १५ औं मिनेटमा फिकिरको गोलमा बेटिसले अग्रता बनाएको थियो ।

तर ४१ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई बराबरीमा पुर्‍याए । यसै सिजन बार्सिलोनामा आएका उनले घरेलु मैदानमा डेब्यू खेलमा नै आफ्नो उत्कृष्ट खेल देखाउन सफल भए ।

त्यसपछि ५० औं मिनेटमा फेरि सेर्गि रोबर्टोको पासमा ग्रिजमनले नै गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्‍याए । ५६ औं मिनेटमा काल्र्स परेजले गोल गरे भने ६० औं मिनेटमा जोर्डी अलावाले बार्साका लागि चौथो गोल गरे । यस्तै ७७ औं मिनेटमा अर्टुरो भिडालले ग्रिजमनको पासमा बार्सिलोनालाई पाँच एकले अगाडि राखे ।

७९ औं मिनेट बेटिसका लागि लोरेन मोरोनाले एक गोल फर्काए पनि त्यसपछि अरु गोल हुन सकेन र बार्सिलोना पहिलो तीन अंक जोड्न सफल भयो । उसको अंक तालिकामा दुई खेलमा तीन अंक भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ११ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक