इन्द्रजात्राकाे अक्षयकोष ५ बाट १५ करोड बनाउन पहल गर्ने छु: मन्त्री पाण्डे « Khabarhub

इन्द्रजात्राकाे अक्षयकोष ५ बाट १५ करोड बनाउन पहल गर्ने छु: मन्त्री पाण्डे


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले इन्द्रजात्रा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् ।

सोमबार इन्द्रजात्राको पूर्व तयारीका सन्दर्भमा सम्बन्धित सरोकारवाला निकायहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

त्यसै गरि मन्त्री पाण्डेले इन्द्रजात्राको अक्षय कोषलाई ५ करोडबाट बढाएर १५ करोडको बनाउन पहल गरिने विश्वास दिलाएका छन् । उनले इन्द्रजात्रासँग सरोकारका विषयमा अन्तर मन्त्रालय र तीन वटै तहका सरकारको समन्वय गर्न मन्त्रालय तयार रहेको बताए ।

उनले जात्राको अवसरमा विगतमा देखिएका कमीकमजोरीहरू सच्याएर भव्य, सभ्य रूपमा सफल पार्नका लागि आव्हान गरे । इन्द्रजात्रा आगामी असोज एक गते मनाइने भएको छ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ४ : ५० बजे

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

गलकोट– एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका

तीन स्थानीय तहमा फोहरमैला व्यवस्थापन नीतिको वैधता प्रक्रिया सम्पन्न

काठमाडौं– युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत तीन स्थानीय

विशेष महाधिवेशनको दस्तावेज लेख्न धुलिखेल पुगेका गगन काठमाडौं फर्किए

काठमाडौं- आगामी पुस २७ गतेदेखि गर्ने भनिएको विशेष महाधिवेशनको राजनीतिक

अस्ट्रेलियन ओपन इलिट ट्रफी खेल्न शिभाली गुरुङलाई बिदाइ

काठमाडौं– अस्ट्रेलियन ओपन अन्तर्गतको इलिट ट्रफी खेल्न जान लागेकी टेनिस

विशेष महाधिवेशन रोक्न देउवाकहाँ २५ नेता, भने : हस्तक्षेप गरेर पार्टी विभाजन रोक्नुस्

काठमाडौं- विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसभित्र विवाद तीव्र बनिरहेका बेला