धनराजबारे रास्वपाको जिकिर- सहकारीको बचत हिनामिना लुकाउन सम्बन्ध विच्छेद गरियो « Khabarhub

धनराजबारे रास्वपाको जिकिर- सहकारीको बचत हिनामिना लुकाउन सम्बन्ध विच्छेद गरियो


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको सहकारीको बचत हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रश्न उठाएको छ।

रास्वपाबाट प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले उपसभापति गुरुङ सहकारी ठगीमा मुछिएको भन्दै संसद्को ध्यानाकार्षण गराउने क्रममा डिभोर्सबारे पनि प्रश्न उठाएका हुन् ।

पूर्वकानुन मन्त्रीसमेत रहेका गुरुङविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा उजुरी परेको बताउँदै पराजुलीले उजुरी नहुँदा पनि रास्वपा सभापति लामिछानेलाई सदनमा गरिएको व्यवहार सम्झाए ।

‘मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले आफने संस्थाको करिब १५ करोड रकम हिनामिना गरेकोमा माननीय धनराज गुरुङ र ज्योति गुरुङविरुद्ध ठगी गरेको दाबीसहित उजुरी दर्ता गराउनु भएको रहेछ’, उनले भने, ‘माननीय धनराज गुरुङमाथि छानबिन हुन्छ कि हुँदैन भनेर म कांग्रेसका अरू माननीयहरूलाई प्रश्न गर्न चाहन्छु ’

सहकारीको ठगी लुकाउन धनराजले सम्बन्धविच्छेदसमेत गरेको कुरा बाहिएको पराजुलीले दाबी गरे।

‘सहकारी ठगी छानबिनको माग गर्दै अब नेपाली कांग्रेसका माननीयज्यूहरूले संसद्को रोस्ट्रम र वेल घेराउ गर्नुहुन्छ कि गर्नुहुँदैन ? यसमा पनि दोहोरो मापदण्ड अपनाउने हो ?’ पराजुलीले सोधे ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ६ : ४५ बजे

मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत व्यास नगरपालिका–४ र ५ स्थित मादी नदीमा

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा