नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा « Khabarhub

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा सव-इन्जिनियरविरुद्ध मुद्दा


२४ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्र, डडेल्धुराको सव-इन्जिनियर पदमा कार्यरत लाल बहादुर बिकले झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी नियुक्ति लिएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले बिकले सव-इन्जिनियर (करार) पदमा नियुक्ति प्रयोजनार्थ डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाण-पत्र पेस गरी सव-इन्जिनियर पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको आधारमा मुद्दा दायर गरेको हो ।

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई  आरोप-पत्र दायर गरिएको अक्तियारले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ६ : ५४ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको