रविसहितका तीन जनामाथि कारवाही हुन्छ र हुनुपर्छ भन्ने प्रहरी दाबी हो–डीआईजी अधिकारी | Khabarhub Khabarhub

रविसहितका तीन जनामाथि कारवाही हुन्छ र हुनुपर्छ भन्ने प्रहरी दाबी हो–डीआईजी अधिकारी


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी नायव महानिरीक्षक ‘डीआईजी’ पिताम्बर अधिकारीले नेपाल प्रहरीले कमजोर रुपमा मुद्दा लिएर अदालत नजाने दाबी गरेका छन् ।

एक अन्तर्वार्ताका क्रममा डीआईजी अधिकारीले प्रहरीले अनुसन्धान गरेर अदालती प्रकृयामा लगेका धेरै केसमा सफल भएको बताए ।

१०० मा करीब ७२ भन्दा बढीमा अदाती प्रकृयामा सफल भएको उनको भनाइ थियो ।

शालिकराम पुडासैनी प्रकरणमा ‘आत्महत्या दुरुत्साहन’ को राय दिएको र त्यो केस कमजोर बनेको हो भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा डीआईजी अधिकारीले भने,‘मलाई त्यस्तो लाग्दैन ।’

पत्रकार धमला र डीआईजी अधिकारीबीचको कुराकानीको अंश

प्रहरीले शलिकराम प्रकरणमा रवि लामिछाने लगायतले आत्महत्या दुरुत्साहन गरेको केस सरकारी वकिललाई बुझायो र मुद्दा दर्ता गरेको छ तर आम मानिसले दुरुत्साहनलाई विश्वास गरेका छैनन् नि ?

प्रहरीले व्यवसायीक अनुसन्धान गरेको छ । तथ्यका बारेमा म जान चाहन्न यो विषय अदालतमा छ । आत्महत्या दूरुत्साहनको अनुसन्धान प्रहरीले पूरा गरेको छ ।

कसरी दुरुत्साहन भयो त ?

त्यसको मिसिलमा भएको कुराहरुको बारेमा म जान चाहन्न । यो सम्मानित अदालतको विषय हो । यसबारेमा जान मिल्दैन । त्यसमा छलफल गर्ने आफ्नै किसिमको इथिक्स छ । जसरी सामाजिक सञ्जालमा र युट्युवहरुमा आएको छ यो गैरजिम्मेवजार र अराजक रुपमा आएको छ ।

आत्महत्या प्रकरणमा दुरुत्साहन भनेर तपाईहरुले मुद्दा चलाइरहनु भएको छ, यसले समाजमा विकृति ल्याउने हो कि ?

यो व्यवस्था हामीकहाँ पहिलो थिएन । अपारध संहिता लागू भएपछि यो कार्यान्वयनमा आयो । यो लामो छलफल पछि आएको हो । यो अरु देशमा पनि छ । कानून देशमा शान्ति सुरक्षा होस् भन्नका लागि आएको हो ।

तर कतिपय विज्ञले ऐन कानून कार्यान्वयनमा चुनौती छ भन्नु भएको छ ?

आत्महत्या गर्ने अवस्थासम्म कसैले पुर्याउँछ । कसैले दुरुत्साहित गराउँछ भने ५ वर्ष कैद र ५० हजारसम्म जरिवानाको व्यवस्था छ । अब कानूनले यो पनि कसुर हो भने पछि त्यो कसुर भएको छ कि छैन भएको छ भने त्यसलाई प्रमाणित गर्ने प्रमाणहरु छन् कि छैनन् प्रहरीले हेर्ने त्यही हो ।

अपराध संहिता पर्याप्त छ ?

कानून पर्याप्त छ । कानून रिजिट विषय होइन । दुरुत्साहनका जम्मा ६२ मुद्दा दर्ता भएका छन् । यो ठिक भयो कि भएन भन्नका लागि पहिला वहस पैरवी हुनपरो, अदालतको फैसलाहरु हेर्नु पर्यो ।

भिडियोकै आधारमा कसैलाई पोल्न वा फसाउन मिल्छ त उसो भए ?

कसैले भिडियो रेकर्ड गर्यो भने, त्यो प्रमाणको गहनता कति छ कतिको भ्यालिडिटी छ । गहनता र सार के हो भन्ने मुल्यांकन हुन्छ । त्यो प्रमाण हल्का भए त्यो प्रमाणसँग सम्बद्ध अन्य प्रमाण के हो त भन्ने खोजी हुन्छ ।

दुरुत्साहन मुद्दा अनुसार रविजीहरु रिहा हुनुहुन्छ, कि रिहा हुनुहुन्छ कि पुर्पक्षमा जानुहुन्छ ?

म सम्मानीत अदालतको सम्मान गर्छु । यो विषयमा अदालतले आफ्नो निर्णय दिन्छ । प्रहरीले भन्दैन । उहाँ छुट्नुहोला वा जेलमा जानुहोला भन्ने अदालतले भन्छ ।

प्रकृयामा गयो, भरखर अदालतको ढोकामा पुगेको छ । अदालतले आफ्नो निर्णय गरेको छ । अनुसन्धान गरेर प्रमाण संकलन गर्ने काम प्रहरीको काम हो । यो प्रमाणले गर्दा यो अपराध सावितसहित दावी गर्दै अदालत जान्छ । त्यसपछि अदालतले भन्छ ।

यो प्रकरणमा तपाईहरु चुक्नु भयो नि ! मुद्दा फितलो छ भन्ने आएको छ..

मलाई त्यस्तो लाग्दैन । यो फितलो छ कि राम्रो छ कि के छ भन्नेमा म जान चाहन्न ।

सफाइको सम्भावना कति छ ?

यो मेरो जानकारीमा छैन । प्रहरीले अनुसन्धान गर्ने हो, दाबी गर्ने हो । कहिलेकाही दाबी पूरा हुन्छ कहिले हुँदैन । हामीले अभियोग लगाएपछि यो सिद्ध हुनुपर्छ भन्ने हाम्रो मान्यता हुन्छ । हामीले १०० मा करीब ७२ भन्दा बढी सफल छौं अदालती प्रकृयामा ।

रविजीहरुले शालिकरामको आत्महत्यामा दुरुत्साहन कसरी गर्नुभयो त ?

आत्महत्या हो कि हत्या हो हामीले हेर्ने त्यही हो । आत्महत्याको अवस्थामा कसैले पुर्याएको हो भने त्यो दुरुत्साहन हो ।

भीडियोका आधारमा कसरी दुरुत्साहन भन्नु हुन्छ ?

भीडियो लगायतका अरु प्रमाणको पनि जोडिएको हुन्छ । प्रहरीले सबै विषयसँग बुझ्छ । परिस्थितिजन्य प्रमाणको खोजी प्रहरीले गरेको हुन्छ । प्रहरीको अनुसन्धान त्यति कमजोर हुँदैन ।

भनेपछि सजाय हुन्छ ?

हुन्छ र हुनुपर्छ भन्ने प्रहरीको दाबी हो ।

मानिसहरुले त शालिकरामले त्यतिकै रविको नाम लिएको भन्छन् नि त ?

सामाजिक सञ्जालमा कसकसले के के भन्छ सबै चर्चाको जवाफ दिन सकिँदैन र त्यसको जवाफ पनि हुँदैन । कुरा के हो भने अपराध भनेको सामाजिक समस्या हो ।

जनप्रदर्शन भइरहेको छ सडकमा त्यसलाई प्रहरीले अस्वीकार गर्न मिल्छ ?

यो स्वीकार र अस्वीकारको कुरा होइन । कानूनको सर्वोच्चताको तर्फबाट चल्ने कि भीडले ? कि सामाजिक सञ्जाल र युट्युवबाट चल्ने ? त्यसैले हामी कानून विधीले जे भन्छ त्यसबाट हामी अघि बढ्छौं । भीड सूचनाको स्रोत हाम्रोलागि बन्ला । ओहो भीड ठूलो रहेछ भनेर छोड्न मिल्दैन र पाउँदैन ।

किन आए त जनता रविको पक्षमा ?

प्रहरीले मानिस समात्दा यो केशमा मात्र मानिस सडकमा आएका होइनन् । धेरै केसमा पक्ष र विपक्षमा आउँछन् । सुन्नचाँही हामी सुन्छौं तर भीडको कुरा स्वीकार गर्दैनौं ।

रविमाथि पूर्वाग्रही भएर मुद्दा चलाउनु भएको हो ?

यो स्वीकार गर्दिन । प्रहरीले विना प्रमाण समात्दैन ।

कसैको दबाबमा पक्राउ गर्नु भएको आरोप लागेको छ त ?

होला सडकमा कसैले भन्यो होला । यत्रो भीडाका ककसले के के भन्यो होला ।

रवि जीले म सुरक्षित छैन हिरासतमा भन्नु भएको छ नि के साचो हो ?

गलत, त्यति धेरै सुरक्षा व्यवस्था भएको स्थानमा केही खतरा हुन्छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ८ : ४२ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा