पोखरा पुगेका रविको चर्को विरोध, सहकारी पीडितहरूले देखाए कालो झन्डा « Khabarhub

पोखरा पुगेका रविको चर्को विरोध, सहकारी पीडितहरूले देखाए कालो झन्डा


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखराका सहकारीपीडितहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको विरोधमा उत्रिएका छन् ।

पोखरामा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् ।

लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधनका लागि पोखरा पुगेका बेला सहकारी पीडितको आक्रोशमा परेका हुन् ।

रास्वपाले पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रदेशस्तरीय कार्यक्रम राखेको छ । विमानस्थलबाट उत्रिएर कार्यक्रमस्थलमा जाने क्रममा रविले सहकारी पीडितहहरूको विरोधको स्वर र नाराबाजी सुन्नु् परेको हो ।

सहकारी पीडितहरूले कार्यक्रमस्थलबाहिर जम्मा भएर रविविरुद्ध नाराबाजी गरिरहेका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी पीडितहरू ठूलो संख्यामा भेला भएर रविको विरोध गरेका हुन् । सहकारी पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै नाराबाजी गरेका छन् ।

सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको बताउँदै सहकारी पीडितहरूले रविविरुद्ध चर्का नाराबाजी पनि गरेका छन् ।

रविले सोमबार मात्रै धनगढीमा आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेट्वर्कमा सहकारीबाट अवैध रुपमा लगानी भित्रिएको स्वीकार गरेका थिए ।

रविलाई सहकारी प्रकरणमा संसदीय समितिले यसअघि नै ५१ वटा प्रश्नको जवाफ माग्दै ९ घण्टा लामो बयान लिइसकेको छ ।

त्यसैगरि कास्की प्रहरीले पनि काठमाडौंमै पुगेर रविसँग बयान लिएको थियो । तर, आफू प्रबन्धक निर्देशक भए पनि सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा ल्याउन आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।

यसअघि ७ पुस २०८० मा रविलाई लक्षित गरी पोखरामै खोया हानिएको थियो। अमरसिंहचौरस्थित खेल मैदानमा पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया हानेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : २३ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध रोक्नका

विश्वकप : ब्राजिल र मोरक्को १-१ को बराबरीमा रोकिए

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित