पन्ध्र लाखमा बीपी कोइरालाको सालिक निर्माण « Khabarhub

पन्ध्र लाखमा बीपी कोइरालाको सालिक निर्माण


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बीपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो । 

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा संकलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताए ।  

आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । 

बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बीपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बीपी राजमार्ग निर्माण भएको हो ।
। 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : २३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट