आईफोन-१६ सिरिज सार्वजनिक, के छन् नयाँ फिचर ?  « Khabarhub

आईफोन-१६ सिरिज सार्वजनिक, के छन् नयाँ फिचर ? 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एप्पलले नयाँ फिचरसहित आइफोन- १६ लन्च गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पलले नयाँ फोनको सबै सिरिजहरू सार्वजनिक गरको हो । 

इट्स ग्लोटाइम नाम दिइएको उक्त इभेन्टमा एप्पल वाच सिरिज–१०,एप्पल वाच अल्ट्रा २, एयरपड–४, एयरपड म्याक्स साथै आईफोन–१६ का सबै सिरिज सार्वजनिक गरिएको हो । जहाँ आईफोन–१६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन प्रो म्याक्स लन्च गरिएको हो । यस अघिका आइफोनहरु भन्दा बढी अपडेट गरेर आइफोन १६ सार्वजनिक गरिएको कम्पनीको दावी छ ।  

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) का केही क्षमतासहित यसपटक नयाँ सिरिजमा एप्पल इन्टेलिजेन्सको पनि प्रयोग गरिएको छ ।
आईफोन १६ को स्क्रिन साइज ६.१ इन्चको छ । जबकि आईफोन १६ प्लसको स्कृन साइज ६.७ इन्चको छ । यस्तै आईफोन १६ प्रोको स्कृन साइज ६.३ इन्चको हुन्छ भने प्रो म्याक्सको साइज ६.९ इन्चको हुन्छ । स्क्रिन

यससँगै आईफोन १६ प्रोम्याक्स अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्ले भएको आईफोन पनि हो । यस्तै क्यामेरा कन्ट्रोल फिचरमा भने नयाँ एक्सन बटन जडान गरिएको छ । साथै चिपसेटको सन्दर्भमा नयाँ सिरिजमा ए १८ चिपसेट उपलब्ध गराएको छ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुविधा अनुसार सञ्चालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए १८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० फ्रेम प्रति सेकेन्ड गुणस्तरको भिडियो रेकर्ड गर्न सक्छ ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : १३ बजे

एमालेमा नयाँ नेतृत्वका लागि साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को एघारौँ राष्ट्रिय

आन्दोलन, द्वन्द्व र विपद्का घाइतेको निःशुल्क उपचारको शोधभर्ना कार्यविधि २०८२ स्वीकृत

काठमाडौं– देशका विभिन्न आन्दोलन, द्वन्द्व तथा प्राकृतिक प्रकोपका क्रममा घाइते

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रूख काटियो

सङ्खुवासभा– यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा– हाडनाता करणी मुद्दाका फरार प्रतिवादी फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री

युद्ध रोक्न कम्बोडियाले ’पहिले’ युद्धविराम घोषणा गर्नु पर्छ : थाइल्यान्ड

बै‌ङ्कक- थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडपपछि दुई राष्ट्रबीच