शूटिङ पहिले नै सलमान खानको फिल्मले कमायो १९० करोड | Khabarhub Khabarhub

शूटिङ पहिले नै सलमान खानको फिल्मले कमायो १९० करोड


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सञ्जय लीला भन्सालीको फिल्म ‘इन्साल्लाह’ निर्माण हुने चर्चासँगै भारतीय दर्शकमाझ प्रतीक्षाको विषय बनेको छ । भन्साली र सलमान खानले २ दशकपछि फेरि एकसाथ काम गर्दैछन् ।

साथै पहिलोपटक सलमान र आलिया भट्ट पनि सलमानको अपोजिटमा देखिनेछन् । लामो समयदेखि चर्चामा रहेको यो फिल्मको अर्को नयाँ खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार यो फिल्मको थियट्रिकल राइटस् १९० करोड भारुमा बिक्री भएको छ ।

सन् २०२० मा रिलिज हुने यो फिल्मको अझै छायांकन थालिएको छ । भन्सालीले थिएटरमा फिल्म देखाउने राइटस् मात्र १६५ करोड भारुमा बेचेका छन् । यस्तै प्रचार र विज्ञापनका लागि भने छुट्टै २५ करोड भारु लिएका छन् । यो फिल्मको डिजिटल राइटसमा पनि महंगो रकममा बिक्री हुने अनुमान गरिएको छ ।

फिल्ममा सलमान खान र आलिया भट्टको शीर्ष भूमिका रहनेछ । सलमान एक व्यवसायीको भूमिकामा हुनेछन् भने आलियाले सङ्घर्षरत कलाकारको भूमिका निभाउने छिन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : २१ बजे

काठमाडौं र ललितपुरमा करिब ११ लाख बराबरको धनमाल चोरी

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका-१० डेरा गरी बस्ने उदयपुर घर भएका २९

बाढी पहिराले देशभरका नौ सडकखण्ड अवरुद्ध

काठमाडौं– अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध

भरतपुर अस्पतालले बिमाबापतको एक अर्ब पाउन बाँकी

चितवन– भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत प्राप्त गर्नुपर्ने रकम एक अर्ब नाघेको

सीमा समस्या संवादबाट समाधान गर्नुपर्छ : प्रचण्ड

मोरङ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेकलगायतका सीमा

प्रधानमन्त्रीका कुरा तोडमोड गरिएको भन्दै स्वकीय सचिवालयको आपत्ति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिवालयले काठमाडौं जिल्लाबाट प्रतिनिधित्व