शूटिङ पहिले नै सलमान खानको फिल्मले कमायो १९० करोड « Khabarhub

शूटिङ पहिले नै सलमान खानको फिल्मले कमायो १९० करोड


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सञ्जय लीला भन्सालीको फिल्म ‘इन्साल्लाह’ निर्माण हुने चर्चासँगै भारतीय दर्शकमाझ प्रतीक्षाको विषय बनेको छ । भन्साली र सलमान खानले २ दशकपछि फेरि एकसाथ काम गर्दैछन् ।

साथै पहिलोपटक सलमान र आलिया भट्ट पनि सलमानको अपोजिटमा देखिनेछन् । लामो समयदेखि चर्चामा रहेको यो फिल्मको अर्को नयाँ खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार यो फिल्मको थियट्रिकल राइटस् १९० करोड भारुमा बिक्री भएको छ ।

सन् २०२० मा रिलिज हुने यो फिल्मको अझै छायांकन थालिएको छ । भन्सालीले थिएटरमा फिल्म देखाउने राइटस् मात्र १६५ करोड भारुमा बेचेका छन् । यस्तै प्रचार र विज्ञापनका लागि भने छुट्टै २५ करोड भारु लिएका छन् । यो फिल्मको डिजिटल राइटसमा पनि महंगो रकममा बिक्री हुने अनुमान गरिएको छ ।

फिल्ममा सलमान खान र आलिया भट्टको शीर्ष भूमिका रहनेछ । सलमान एक व्यवसायीको भूमिकामा हुनेछन् भने आलियाले सङ्घर्षरत कलाकारको भूमिका निभाउने छिन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : २१ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा