‘देशले धेरै दल धान्‍न सक्दैन, बलिया राजनीतिक शक्ति चाहिएको छ’ « Khabarhub

‘देशले धेरै दल धान्‍न सक्दैन, बलिया राजनीतिक शक्ति चाहिएको छ’


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउन स्पष्ट नीति र दृष्टिकोण आवश्यक पर्ने बताएका छन् ।

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले नेपाल नेपालीले नै बनाउने स्पष्ट दृष्टिकोण राख्न आवश्यक रहेको बताए ।

‘देश बनाउने कुरा भिजनको आधारमा हुने गर्दछ, नीतिको आधारमा हुने गर्दछ, नीति, दृष्टिकोण नभएका अराजकताको माध्यमबाट कुनै पनि देश बन्न सक्दैन’, उनले भने ।

पोखरेलले यो देशमा राणा शान अन्त्य गर्ने, पञ्चायत ढाल्ने, प्रजातन्त्र र गणतन्त्र ल्याउने काम पुरानो पुस्ताले नै गरेको स्मरण गराए ।

अहिले स्पष्ट दृष्टिकोणका साथ विकास र समृद्धिको नेतृत्व गर्ने सरकार बनेको पोखरेलले दाबी गरेका छन् ।

देशमा अब राजनीतिक परिवर्तनको आन्दोलन सकिएको बताउँदै पोखरेलले अब विकास र समृद्धिको यात्रामा अघि बढ्नु पर्ने बताए ।

अब साना र धेरै राजनीतिक दल होइन, मुलुकलाई बलियो र समृद्ध बनाउन अब बलिया राजनीतिक शक्ति आवश्यक परेको पोखरेलले बताए ।

‘यो मुलुकमा विकास र समृद्धिको नेतृत्व गर्न सक्ने एका मात्र पार्टी नेकपा एमाले हो’, उनले भने ।

पोखरेलले देश निर्माणको लागि स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने पोखरेलले स्पष्ट पारे ।

एउटा अनुशासित पार्टीले मात्रै यो काम गर्न सक्ने भन्दै त्यो काम एमालेले मात्र गर्न सक्ने उनको दाबी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली देशका नेताहरूमध्ये सबैभन्दा अध्ययनशील र नेपाली समाजलाई बुझेको र विकासको नवीन सोच प्रस्तुत गर्न सक्ने नेता भएको पोखरेलले दाबी गरे ।

‘हामी उहाँको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षाका साथ अघि बढ्न चाहन्छौँ’, पोखरेलले भने ।

पोखरेलले अब सबै नेपाली युवा म बनाउँछु मेरो देश भन्ने सङ्कल्पसहित अघि बढ्नु पर्नेमा जोड दिए । यसो भयो भने समृद्ध नेपाल बनाउन सकिने उनको धारणा छ ।

कार्यक्रममा तीन सयजना नवयुवा एमालेमा प्रवेश गरेका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिएका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ६ : ४४ बजे

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

काठमाडौं– विगतका वर्षहरूमा भन्दा आगामा शैक्षिक शत्रका लागि काठमाडौं महानगरपालिका