रविले सहकारी पीडितलाई भने- तपाईंहरू मविरुद्ध प्रदर्शन गरेर अपराध गर्दै हुनुहुन्छ | Khabarhub Khabarhub

रविले सहकारी पीडितलाई भने- तपाईंहरू मविरुद्ध प्रदर्शन गरेर अपराध गर्दै हुनुहुन्छ


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पोखरामा सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताले प्रदर्शन गरेपछि जवाफमा बोलेका छन् ।

लामिछानेले आफूलाई लक्षित गर्दै विरोध र कालोझन्डासमेत देखाएपछि कसैले उचालिदिएको भरमा आफूविरुद्ध प्रदर्शन भएको बताएका छन् ।

सहकारी पीडितहरूलाई जवाफ दिँदै रविले पोखरामै भने, ‘तपाईंहरू गलत मान्छेलाई टार्गेट गर्दै हुनुहुन्छ । तपाईंहरू मविरुद्ध प्रदर्शन गरेर अपराध गर्दै हुनुहुन्छ ।’

लामिछानेले सहकारी हिनामिनाको अपराधमा संलग्न नरहेको मान्छेविरुद्ध कसैले उक्साएको भरमा विरोध गरिएको बताए ।

रास्वपामाथि राजनीतिक पूर्वाग्रह राख्नेहरूले ‘सहकारी भनेको रवि लामिछाने हो’ भन्ने भाष्य बनाइदिएको पनि उनले गुनासो गरे ।

गोर्खा मिडियामा कार्यरत रहँदा कसरी रकम आएको भन्ने थाहा नभएको पनि उनले बताए । लामिछानेले आफू गोर्खा मिडियाको लगानीकर्ता र एकाउन्टेन्ट नभएर तत्कालीन समयमा सञ्चारकर्मीको भूमिकामा रहेको पनि जिकिर गरे।

तर गोर्खा मिडियामा गितेन्द्रबाबु राई अध्यक्ष हुँदा रवि लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : १७ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित