वडा कार्यालयले घर भाडा नदिएपछि तालाबन्दी « Khabarhub

वडा कार्यालयले घर भाडा नदिएपछि तालाबन्दी


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् ।

उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए । उनले भने, “घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि घरधनीले तालाबन्दी गरेका हुन्, रकम नदिएरै घर सार्नु राम्रो होइन ।”

उता सो वडाका वडाध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महीना घरभाडाबापतको रकम दिँदै आएको दाबी गरे । “घर भाडाको रकम प्रत्येक महीना दिएकै छौँ, साउनको बाँकी छ”, उनले भने, “कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन, किन ताला लगाए मैले नि बुझेको छैन ।”

वडा कार्यालयमा तालाबन्दी गरिएपछि वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन् । घरधनी गोविन्द खड्काले घरभाडा नदिएकाले आफूले तालाबन्दी गरेको स्वीकार गरे । उनले भने “कही घर नपाएको बेला मेरो घरभाडामा लिएर बस्ने अहिले भाडासमेत नदिएर अफिस सारेकाले तालाबन्दी गरेको हुँ, मेरो भाडा आए ताला खोल्छु ।” उक्त वडा कार्यालयको भाडाबापतको मासिक रकम कर कट्टीबाहेक रु पाँच हजार २०० सम्झौता भएको बताइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : ३४ बजे

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ– ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको