सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार « Khabarhub

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारढ नेपाली कांग्रेसले ललितपुरस्थित एक सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ बचत अपचलनमा मुछिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न दिने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले धनराजमाथि छानबिनका लागि पार्टी तयार रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले उपसभापति गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा कांग्रेसको धारणा प्रष्ट रहेको बताउँदै यसमा छानबिनका लागि ढोका खोल्ने निर्णय भएको जानकारी दिए ।

‘उहाँ (धनराजण) ले गल्ती गर्नुभएको भए सजाय हुन्छ।  सहकारी प्रकरणमा छानबिनका लागि कांग्रेस तयार छ’, उनले भने, ‘यसमा कांग्रेस प्रष्ट छ, छानबिनको कुरामा कांग्रेसमा कुनै द्विविधा छैन ।’

घिमिरेले गुरुङले नक्कली डिभोर्स गरेको भनेर उठाइएको कुराको भने प्रतिवाद गरेको छ। ‘डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानुनबमोजिम भएको कुरा नक्कली हुँदैन’, उनले भने, ‘उपसभापति गुरुङले कानुनी रुपमा डिभोर्स गरिसकेपछि त्यो उहाँको निजी कुरा हो । डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’

प्रमुख सचेतक घिमिरेले उपसभापति गुरुङ आफैँले मंगलबार संसद् बैठकमा पनि छानबिनका लागि तयार रहेको बताइसकेको कुरा स्मरण गराए । उनले सहकारी प्रकरणमा अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको जानकारी पत्रकारलाई दिए ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ३२ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्