चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध « Khabarhub

चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई वर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरूलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ् भएको जनाएको छ, जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ ।

प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पूर्व तीन खेलाडी सामेल छन् । जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । उनीहरूलाई आजीवन प्रतिबन्ध लगाइएको छ । दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए ।

एशोसियसनका अध्यक्षसँग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच वर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन् ।

यस अघि अगस्टमा पूर्व उपाध्यक्षलाई अनियमितताको आरोपमा ११ वर्षको जेल सजायमा पठाइएको थियो भने एशोसियसनका पूर्व अध्यक्षलाई गत मार्चमा आजीवन कारावासमा पठाइएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १२ : ३६ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको