उपसभामुखलाई कांग्रेस सांसद गौतमले भनिन्- गल्ती स्वीकारिसक्नु भयो, अब राजनीनामा दिनुस् | Khabarhub Khabarhub

उपसभामुखलाई कांग्रेस सांसद गौतमले भनिन्- गल्ती स्वीकारिसक्नु भयो, अब राजनीनामा दिनुस्


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट राजीनामा दिएर इमानको मानक राख्न सुझाव दिएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले पदीय इमान नभए पनि लोकतन्त्रमा संख्याले काम गर्ने स्मरण गराउँदै रानामगरलाई पद छाडेर इमानको मानक राख्न सुझाव दिएकी हुन् ।

‘जब पदीय इमान हुँदैन, तब लोकतन्त्रमा संख्याले आफ्नो काम गर्छ,’ गौतमले भनिन्, ‘मेरो उपसभामुखलाई आग्रह छ तपाईंले इमानको मानक राख्दिनुस् । उपसभामुख पदबबाट राजीनामा दिनुस् ।’

उपसभामुख रानामगरबारे सदनमा करुणा र संख्याको कुरा उठेको भन्दै उनले संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको विषय भएको पनि बताइन् ।

‘यहाँ करुणाका कुरा उठ्यो, संख्याको कुरा पनि उठ्यो,’ सांसद गौतमले भनिन्, ‘तर, विषय यहाँ करुणा र संख्याको होइन संविधान र कानूनले व्यवस्था गरेको पदीय दायित्व र मर्यादाको हो ।’

उपसभामुखजस्तो पदीय जिम्मेवारीमा रहेर रानामगरले असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराधसमेत भएको दाबी गरिन् ।

‘यस सदनमा उपसभामुख माथि प्रश्न उठेका छन् । प्रश्न व्यक्ति इन्दिरा रानामगरको होइन, उपसभामुख इन्दिरा रानामगरको हो । उपसभामुखको पदीय जिम्मेवारी र मर्यादाको हो,’ गौतमले भनिन्, ‘उपसभामुख जस्तो पदीय जिम्मेवारीमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरुपयोग र गम्भीर अपराधसमेत हो, जसको सन्दर्भमा स्वयम् उपसभामुखले साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकारिसक्नु भएको छ ।’

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ४६ बजे

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।

‘तिहारले जातजाति, भाषाभाषी र संस्कृतिलाई एकतामा बाँध्ने प्रयत्न गरेको छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,