रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी « Khabarhub

रफाहमा हमासका नेताको मृत्यु भएको इजरायली सेनाको दाबी


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजा– इजरायली सेनाले मंगलबार दक्षिणी गाजा पट्टीको रफाह सहरमा हमासको तेल अल–सुल्तान बटालियनका कमान्डर महमुद हमदानको मृत्यु भएको दावी गरेको छ ।

ड्रोन निगरानीको माध्यमबाट हमास सेलहरू पत्ता लगाई इजरायली वायु सेनाले आक्रमण गरी छापामार्ने क्रममा हमदान, बटालियनका तीन अतिरिक्त कम्पनी कमान्डरहरूसँगै मारिएको इजरायली सैन्य प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।  

गत अक्टोबरमा रफाहमा इजरायली सेनामाथि आक्रमण र अन्य कारबाहीको योजना बनाउन महत्वपूर्ण भूमिका खेलेको हामदानले बताएका छन् । 

बटालियनको नेतृत्व तह र यससँग सम्बन्धित दर्जनौँ अन्यलाई हटाइएको अद्राईले घोषणा गरेका छन् ।

यस विषयमा हमासको पक्षबाट भने हालसम्म कुनै टिप्पणी आएको छैन । अद्राईले लडाकु विमानले मध्य गाजाको अल–बुरेज क्षेत्रमा पहिले मस्जिद भएको भवनमा लुकेको ‘कमान्ड एण्ड कन्ट्रोल कम्प्लेक्स’भित्र हमाससम्बद्ध समूहलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् ।

हाल उक्त मस्जिद परिसर इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाई कार्यान्वयन गर्न प्रयोग गरिएकोसमेत उनले बताएका छन् ।  

यसैबीच, प्यालेस्टिनी सुरक्षा तथा चिकित्सा स्रोतले इजरायली लडाकु विमानले अल–फारुक मस्जिद र अल–बुरेज शरणार्थी शिविरको युवा क्लबलाई  पनि लक्षित गरी आक्रमण गरेको जनाएको छ । 

चिकित्सा स्रोतले हवाई आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको जनाएको छ ।  

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ४ : ५९ बजे

गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचियर

गण्डकी– शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्‍याउँदै

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई

कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

काठमाडौं- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु

‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

ढोरपाटन– काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८