एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने | Khabarhub Khabarhub

एकीकृत समाजवादी उपसभामुख रानाको पक्षमा उभिने


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सत्तारुढ दलको निर्णयको विपक्षमा उभिने निर्णय गरेको छ ।

बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी समिति बैठकले संसद्‍मा उपसभामुख रानाको पक्षमा उभिने निर्णय गरेको हो ।

उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवालाई भिसाका लागि अन्तर्वार्ताको सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

१९ महिनाअघि लेखिएको उक्त पत्रका कारण सत्तारुढ दलले रानालाई फेरि घेरेका छन् । बुधबारको संसद् बैठकमा सत्तारुढ सांसदहरूले रानालाई मार्ग प्रशस्त गर्न भनेका छन् ।

तर माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने रानालाई नियतवश हटाउन खोजिएको भन्दै चर्को विरोध गरेका छन् । यदि रानाले राजीनामा नदिए संसद्मा दुईतिहाइ जुटाएर उनलाई हटाउने तयारी सत्तारुढ दलले गरेका छन् ।

यस्तोमा माओवादी, रास्वपा, एकीकृत समाजवादीसहितका साना दल रानाको पक्षमा उभिएका छन् । केही दिनभित्र राजीनामा नदिएमा रानालाई हटाउने अन्तिम तयारीस्वरुप कांग्रेस-एमालेले हस्ताक्षर पनि जुटाइसकेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ४१ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी