मृत छोरा चुनावी मुद्दा बनेपछि बुवाको आक्रोश- गलत कार्य तत्काल बन्द गर्नुपर्छ | Khabarhub Khabarhub

मृत छोरा चुनावी मुद्दा बनेपछि बुवाको आक्रोश- गलत कार्य तत्काल बन्द गर्नुपर्छ


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – एक वर्ष अघिको अगस्टमा बस दुर्घटनामा मारिएका एक बालकको नाम चुनावी अभियानमा जोडिएपछि यसले ती बालकको बाबुलाई आक्रोशित तुल्याएको छ।

अहिले अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिक पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि आप्रवासी विषयमा नै धेरै प्रहार गरेका छन्। अगस्ट २०२३ मा आहियोमा भएको बस दुर्घटनामा ११ वर्षीय आइडेन क्लर्कको मृत्यु भएको थियो ।

अहिलेको राष्ट्रपतीय निर्वाचनमा आइडनको मृत्युलाई हाइटीका आप्रवासीसँग जोडेर ह्यारिसमाथि समेत रिपब्लिकले प्रहार गरिहेका छन्।

उपराष्ट्रपतिकी प्रत्याशी जे डी भान्सले ट्वीटर (एक्स)मा आइडेनका बाबुलाई हाइटीका आप्रवासीले मारेको प्रसङ्ग उठाएपछि ती बालकका बाबुले त्यस समुदायको बैठकमा आइडेनको विषय नउठाउन रिपब्लिक पार्टीलाई भनेका छन्।

‘आइडेनको हत्या भएको होइन। हाइटीका ती आप्रवासीले चलाएको बस दुर्घटना भएको हो। तसर्थ चुनावी लाभका लागि यस्ता गलत कार्य तत्काल बन्द गर्नुपर्छ,’ उनले भने।

त्यस घटनामा हमार्नियो जोसेफले चलाएको भ्यान र स्कुल जुधेपछि बसका धेरै जना घाइते भएका थिए भने आइडेनको ज्यान गएको थियो। लाइसेन्स नभएका जोसेफलाई जेल सजाय भएको छ।

अहिले कमला ह्यारिसमाथि रिपब्लिकले लगाउने आरोप आप्रवासी मुद्दा नै हो। यसै कारण धेरैले ट्वीटरमा ह्यारिसको फोटो आइडेनको फोटोसँग जोडेर राख्ने गरेका छन्। आफ्नो छोराको नाम चुनावी मुद्दा मात्र बनाएपछि उनी आजित भएका हुन्।

समुदाय तर्फबाट नै रिपब्लिकमाथि आरोप लागेपछि यस निर्वाचनमा डेमोक्र्याटका लागि अर्को खराब विषय भएको छ। बुधबार मात्र भएको बहसमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पमाथि हाबी भएपछि यसले केही तटस्थ मतदातालाई समेत प्रभावित तुल्याएको जनाइएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ८ : १९ बजे

एक सय ५९ वटा कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा एक

पश्चिम भारतमा भारी वर्षा, १८ जनाको मृत्यु

अहमदाबाद – भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण

व्यवसायीक सुरक्षा र दरबन्दी व्यवस्थापनको माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौं– नेपाल रेडियोलोजिकल सोसाइटीले रेडियोग्राफी सेवाको संरचना सुदृढीकरण, व्यवसायीक सुरक्षा

राष्ट्रपतिद्वारा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विधेयक प्रमाणीकरण

 काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

बाढीबाट जोगाउन तटबन्ध निर्माण

कञ्चनपुर– स्याली नदीको बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिका–५ का बासिन्दालाई