साधुको रूप धारण गरि मन्दिरमा बसेर गाँजा बिक्री  « Khabarhub

साधुको रूप धारण गरि मन्दिरमा बसेर गाँजा बिक्री 


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागूऔषध गाँजा बिक्री बितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन ।

देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी ६५ वर्षीय सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेचबिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाहीबाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा  लुकाई राखेको प्लाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् । 

लगत्तै पुजारी यादवलाई गाँजासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा पठाइएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

साधु यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागूऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डीएसपी राजन कार्कीले जानकारी दिएका छन् । 

 

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  १ : २८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको