स्वास्थ्य मन्त्रालयको स्वामित्वमा रहेका जग्गाको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन « Khabarhub

स्वास्थ्य मन्त्रालयको स्वामित्वमा रहेका जग्गाको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायलाई स्वामित्वमा रहेका जग्गाको विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले मातहतका विभाग, केन्द्र, अस्पताल, प्रयोगशालालाई पत्राचार गर्दै जग्गाको विवरण १५ दिनभित्र पठाउन भनेको हो ।

यसअघि मन्त्रालयकाअन्तर्गतका विभाग, केन्द्र, अस्पताल र प्रयोगशालाहरुको जग्गा संरक्षणका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति बनाएको थियो ।

उक्त समितिले अहिले काम गरिरहेको छ । मन्त्रालयअन्तर्गतका जग्गा दुरुपयोग भएको पाइएमा खबर गर्न पनि मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

‘मन्त्रालयअन्तर्गतका जग्गाको संरक्षण र उचित व्यवस्थापनका लागि मन्त्रालयबाट गरिएको प्रयासलाई सार्थक बनाउन सबै वर्ग र क्षेत्रको सहयोग उत्ति नै आवश्यक हुने भएकाले यस मन्त्रालयकाअन्तर्गतका निकायको नाममा रहेको जग्गा अतिक्रमण वा अन्य कुनै तरिकाले दुरुपयोग भएको पाइएमा सोको सूचना स्वयं मन्त्रालयमा आई वा पत्राचारद्वारा वा यस मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालको मोबाइल नं. ९८५१२६४५५५ मा फोन गरी वा यस मन्त्रालयको इमेल ठेगानामा पठाइ सहयोग गरिदिनुहुन सम्बन्धित सबैमा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  १ : ४९ बजे

धादिङ दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते

काठमाडौं – धादिङमा दुई बस जुद्धा पाँच जना घाइते भएका

सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा ख्याल गर्न प्राधिकरणको आग्रह

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका

बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बैतडी– पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप जिल्लाका दुई हजार

स्थानीयस्तरका महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा

भोजपुर– स्थानीयस्तरमा सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा मेला, महोत्सवले पर्यटन