विद्यासुन्दरलाई मोहम्मद आतिकुलले भने– बंगलादेशले भोगेको समस्याबाट काठमाडौंले सिकोस् « Khabarhub

विद्यासुन्दरलाई मोहम्मद आतिकुलले भने– बंगलादेशले भोगेको समस्याबाट काठमाडौंले सिकोस्


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दुर शाक्य र बंगालादेशको ढाका उत्तर सहर निगम (ढाका नर्थ सिटि कर्पोरेसन)का मेयर मोहम्मद आतिकुल इस्लामबीच भेटवार्ता भएको छ ।

काठमाडौं महानगरपालिकाले छिमेकी नगरसँगको सहकार्यमा उपत्यकाको खुल्ला जग्गा संरक्षण, हरियाली प्रबर्धन र वातावरणीय सुधारका क्षेत्रमा काम गरिरहेको प्रसङ्ग उल्लेख गर्दै महानगरका मेयर शाक्यले सहभागिताबाट एकीकृत बिकास लक्ष्य पूरा गर्न सकिने बताए ।

‘हामी अन्तराष्ट्रिय सहरहरुसँगको सम्बन्धबाट सहरी बिकासका आयाम र सहरी व्यवस्थापनका थप सीप सिकिरहेका छौंं’ उनले भने ‘यसरी सिकेका ज्ञान र सीपबाट नागरिकको जीवनमा प्रत्यक्ष लाभ होस् भन्ने हाम्रो चाहना हो’ ।

बंगालादेश र नेपालबीचको सांस्कृतिक समानता, रहनसहनमा भएको समानता आपसी हित प्रबर्धनका आधार रहेको मेयर शाक्यले बताए ।

बंगालादेश भलिबल फेडरेसनको अध्यक्षसमेत रहेका मेयर इस्लामले ढाका नर्थ सिटी कर्पोरेसनले भोगेको खराब अनुभव, काठमाडौंका लागि असल सिकाइ हुन सक्ने बताए ।

‘हाम्रा समस्या र हामीले प्रबन्ध गरेका समाधानका उपाय अध्ययन गर्नुभयो भने काठमाडौंले त्यस्तै खालका समस्या भाग्नु पर्दैन’ उनले भने ‘हामी तपाईहरुलाई फोहोर पानी प्रशोधन, घरेलु फोहोर व्यवस्थापन, दिगो बिकास तथा सहरी योजनाका बिषयमा भोगाइ देखाउन र बुझाउन सक्छौं’ ।

बंगालादेश र नेपालका जनताबीच पनि सम्बन्ध छ । ‘बंगालादेशमा धेरै नेपाली बिद्यार्थी चिकित्सा शास्त्र अध्ययन गर्छन्’ मेयर इस्लामले व्यापारिक सम्बन्ध उल्लेख गर्दै थपे, ‘हाम्रा देशमा तयार भएका फर्निचरको नेपालमा राम्रो व्यापार छ’ ।

भेटका क्रममा नेपालका लागि बंगालादेशकी राजदूत मास्फी बिन्तेले भनिन्, ‘बंगालादेश र नेपालका सहरी यातायात व्यवस्थापनमा उस्तै समस्या छ’ । यसमा आपसी कार्यक्रम सञ्चालन गरियो भने परिणाम ल्याउन सजिलो हुने उनको भनाइ छ ।

बंगालादेशमा हरियो भन्ने ठाउँ नै सकिन लाग्यो । काठमाडौंले अझै सुधार गर्न सक्छ, राजदूत बिन्तेले साझा कार्यक्रम हुने ठाउँ देखाइन् ।

भदौ २ देखि ७ गतेसम्म लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सम्पन्न एशियन भलिबल कन्फेडेरेसन (एभिसि) प्रतियोगिताका क्रममा मेयर इस्लाम नेपाल आएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : ३८ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही