‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी’ भोलिदेखि आयोजना हुने « Khabarhub

‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी’ भोलिदेखि आयोजना हुने


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भोलि (२८ देखि ३०) गतेसम्म ‘जीएआई फुड एन्ड वेभरेज एन्ड हस्पिटालिटी २०२४’ आयोजना हुने भएको छ ।

अयाेजकका अनुसार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गरिने उक्त एक्स्पोमा ५ हजार ब्रान्ड, ३ सय कम्पनी र २ हजार ५ सय वर्ग मिटरभन्दा बढीका २ सय वटा स्टल रहने छन् ।

प्रदर्शनीमा आगन्तुकहरूले उत्पादन तथा सेवाहरूका साथै उत्पादक र आपूर्तिकर्ताहरूको विस्तृत अवलोकन/चयन गर्न सक्ने विज्ञप्तीमा बताइएको छ । गत वर्षको तुलनामा यस वर्ष प्रदर्शकको संख्या ४० प्रतिशतले बढेको बताइएको छ ।

जीएआई फूड एन्ड वेभरेज एन्ड हस्पिटालिटी २०२४ ले ३० हजार भन्दा बढी आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ भने आगन्तुकहरूमध्ये करिब १५ हजार व्यावसायिक आगन्तुकहरू हुने अपेक्षा गरिएको छ ।

जीएआई एफबीएचले होटल व्यवसायीहरू, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी-प्यालेस र क्यान्टिन, किराना – पसलका मालिकहरू, बेकरी तथा स्न्याक्स उत्पादकहरू, कृषि खाद्य प्रशोधक तथा उत्पादकहरू र तिनका प्रबन्धकहरू, क्याटरर र सेफहरू, बार टेन्डरहरू तथा बारिस्टाहरूलाई आकर्षित गर्ने आशा लिएको छ । कार्यक्रम मुख्यतया बिजनेस टु बिजनेस मोडेलको भए पनि उपभोक्ताहरूले पनि ठूलो संख्यामा भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

एक्सपोमा विगत वर्षझैँ यस वर्ष पनि मौलिक कार्यक्रमहरूलाई समावेश गरिएको छ । यस वर्ष साना कम्पनी, व्यावसायिक व्यापार, स्वतन्त्र उद्यमी र स्टार्ट-अपको पहुँचमा एक्स्पोलाई पुर्‍याउन ‘साना व्यवसाय मार्ट’ पनि सुरुवात गरिने भएको छ । यी कम्पनीहरूले विशिष्ट र नवीन उत्पादन तथा सेवाहरू समावेश गरेर बजारमा धेरै प्रभाव पार्न सक्ने आयोजकको भनाइ छ ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ३ : ४९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्